Call Us: +977 63-440555

News & Events

बैंकको प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले मंसिर १५ गतेदेखी लागु हुनेगरि आगामि ४ बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको छ । नव नियुक्त सिईओ बोहरा २०५० साल मंसिरबाट तत्कालिन सुदुर पश्चिमाअञ्चल ग्रामिड बिकास बैंक (हाल नेपाल ग्रामिड बिकास बैंक ) मा सहायक प्रथमबाट बैंकिङ् करियर सुरु गरी २०५४साल असारमा पश्चिमाञ्चल ग्रामिड बिकास बैंक (हाल नेपाल ग्रामिड बिकास बैंक) को अधिकृत स्तरको पदमा काम गरी करिब १७ बर्ष लघुबित्त क्षेत्रको अनुभव रहेको छ भने नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड बुटवलमा कार्यकारी तहमा  ३ बर्ष  भन्दा बढि समय काम गरेको अनुभव प्राप्त ब्यक्ति हुन ।

कालिका माइक्रोक्रेडिटको नयाँ शाखा कास्कीको पामेमा

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको पामेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण बिभाग प्रमुख उपेन्द्र कुमार पौडेलले उक्त शाखाको उद्घाटन गरे । 

कार्यक्रममा पौडेलले बैंकले पछिल्लो समयमा राम्रो प्रगति गरेको जानकारी आएको तर सुशासनको विषयमा अलि गम्भिर रहनुपर्ने सुझाव दिए । साथमा बैंकले दिएको सुविधाको भरपुर उपयोग गरि आर्थिक समृद्धितर्फ लाग्न महिलाहरुलाई आग्रह गरे ।

समुद्घाटन कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले महानगरपालिका भएर पनि कुनै बैंकहरुको उपस्थिति नरहेको पामे बजारमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले लघुवित्त कार्यक्रम सुचारु गरेको बताए । 

स्थानीय एवं बैंकका समूह सदस्य विष्णुमाया तिमिल्सिनाले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि बैंकले राम्रो भूमिका निर्वाह गरेको र आफूहरुले सोचेको भन्दा राम्रो तरिकाले सेवा लिइरहेको बताइन् । 

कार्यक्रमका अतिथि तथा स्थानीय वडा नं. २४ का वडा सदस्य अग्नीधर त्रिपाठीले बैंकले विकासको बाटो खुलाएको र महिलाहरुको आयआर्जनको लागि राम्रो बाटो खुलेकोले बैंक प्रति स्थानीय जनता आभारी रहेको बताए ।

कार्यक्रममा अतिथिको रुपमा नेपाल राष्टबैंक पोखराका प्रमुख पोमनाथ गौतम, बैंक अफ काठमाण्डौ पोखरा शाखा प्रमुख योगेन्द्र पुन, सिद्धार्थ बैंक लि. पोखरा शाखा प्रमुख प्रदिप श्रेष्ठ, नेपाल टेलिभिजन का पत्रकार मनोज श्रेष्ठ, छाँयाकार प्रनिश श्रेष्ठ, स्थानीय समाज सेवी एकनारायण त्रिपाठी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि, पत्रकारहरु महिलाहरु लगायतको उपस्थिति रहेको थियो ।

Result of the Interview

the result of the final interciew for the post of Juniour Assistant Seniour 

Assistant and Juniour Officer has been Published 

click here to see the result

कालिका माइक्रोक्रेडिटको दक्षता अभिवृद्धि तालिम पोखरामा सम्पन्न

स्याङ्जाको वालिङ्गमा केन्द्रीय कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलेपमेन्ट बैंकले आफ्ना शाखा प्रबन्धकहरुलाई योजना तथा दक्षता अभिवृद्धि तालिम दिएको छ ।  बैकका ४१ वटा शाखा कार्यालयका प्रमुखहरुलाई यो आर्थिक बर्षको कार्ययोजना र संस्थाको रणनीतिबारे जानकारी दिन यो २ दिने तालिमको आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताए ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एबं बैंकका अध्यक्ष बिष्णु प्रसाद पौड्यालले नेपालका बैंक तथा वित्तीय संस्थाहरुको बर्तमान अबस्था र कालिका माइक्रोक्रेडिट बैंकको हालको अबस्था, कार्यक्षेत्र बिस्तार, प्रगति बारेमा सहभागिहरुलाई जानकारी गराउँदै तालिमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । 

वार्षिक लक्ष्य एवं प्र्रगतिको बारेमा सहभागिहरुलाई पुनः स्मरण गराउदै अध्यक्ष पौड्यालले यो आर्थिक वर्षमा थप शाखा विस्तार गरिने योजना भएको बताए । गतबर्ष २ करोड २२ लाख नाफा कमाउन सफल यो बैंकले हालसम्म ८२ करोड लगानी गरिसकेको उनले बताए । 

बैंकका संचालक चन्द्र बहादुर बस्नेतले यो २ दिने तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै वार्षिक लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिए । संचालक बासुदेब पौडेलले कर्मचारीको  क्षमता र दक्षता अभिबृद्धि गर्न बैंक सधै तयार रहेकोे बताए ।

विभिन्न शाखाका ४१ जना शाखा प्रबन्धकको सहभागिता रहेको उक्त तालिममा बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, अधिकृत ख्यामकान्त अर्याल, लेखा बिभाग प्रमुख दिपेन्द्र बन्जाडे, जुनियर अधिकृत निर्मल गौतम, भेषराज गैहे्र, लगायतले बैकका कार्ययोजना र संस्थाको रणनितिका बारेमा प्रशिक्षण दिएको बताइएको छ ।

कर्मचारीहरु को क्षमता अभिवृद्ध गर्दै कालिका बैंक

स्याङ्जा  वालिङ्ग केन्द्रिय कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलोपमेन्ट बैंक लि. ले संस्थामा नया कार्यरत फिल्ड सहायक कर्मचारीहरुका लागि दुईदिने फिल्ड तथा केन्द्र ब्यबस्थापन र सफ्टवेयर सम्बन्धि दुई दिने तालिम पाल्पाको तानसेनमा सम्पन्न गरेको छ|२०७४ भद्र ३१ बाट आश्विन १ गते सम्म भएको तलिममा  नेपाल कम्युमिटी डेभलोपमेन्ट बैंक लि . का अधक्ष्य पशुपति घिमिरेले पानसमा बत्ति बालेर उद् घाटन गर्दै कर्मचारी को क्षमता अभिवृद्धको लागि बैंक ले आयोजना गरेको तालिम अनुकरणीय रहेको बताए]

तालिममा  स्याङ्जा, पाल्पा, रुपन्देही र नवलपरासी जिल्लामा संचालित शाखा कार्यालयबाट ४५ जना फिल्ड कर्मचारीहरु को सहभागितारहेको थियो|

बैंकक प्रमुख कार्यकारी अधिकृत मिन बहदुर बोहराले दक्ष कर्मचारी संस्थाको सम्पत्ति भएको बताउदै यस तालिम संगै बैंकको सम्पूर्ण कर्मचारीहरुले आधारभूत तालिम प्राप्त गरेको र आगामी दिनमा दोश्रो चरण को तालिम आयोजना गरि सबै कर्मचारीलाई अझै दक्ष बनाउने बताउनु भयो| प्रमुख कार्यकारी अधिकृत बोहोराले बित्तिय संस्थाको हालको आवस्था, नियमन, निकायहरु को  निर्देशन, लघुवित्तको संभावना र चुनौती को बारेमा जानकारी दिएका थिए|

तालिममा बैंकमा अनुगमन तथा आन्तरिक लेखा विभागीय प्रमुख खेम नारायण रेग्मीले कर्जा महत्व, लगानी किन गर्ने, कर्जा को भाखा नाघ्न नदिन गर्नु पर्ने उपाय र कार्यहरु को बारेमा जानकारी गराएका थिए| केन्द्रीय कार्यालयका जुनियर अधिकृत यम प्रसाद अर्यालले कर्जा तथा वचतका प्रकार , सामाजिक सुरक्षणकोष , व्यक्ति तथा संस्थामा सकारात्मक सोच र उत्प्रेरेनाको बिषयमा तालिम दिएका थिए| त्यसै गरि सूचना तथा प्रबिधि बिभाग प्रमुख ई. अनुप श्रेष्ठले कर्मचारीहरुलाई संस्थाको सफ्टवेर सम्बन्धि तालिम दिएका थिए भने भैरहवा तथा वालिङ्ग  क्षेत्रीय अनुगमन अधिकृत द्वय कविता पोख्रेल र भुमा कुमारी गैह्रेले केन्द्र व्यवस्थापन तथा ग्राहक छनौट ब्यबस्थित केन्द्र बिषयमा तालिम दिएका थिए| तालिममा पन्चनगर शाखाक प्रबन्धक हरी प्रसाद खनाल ले कागज पत्र ब्यबस्थापन को बारेमा सहजीकरण गरेका थिए| बैंक ले यस अघि भाद्रको दोश्रो साता पोखरामा दुई दिने क्षमता अभिवृद्ध तालिम संचालन गरेको थियो|