Call Us: +977 63-440555

News & Events

थप पाँच जिल्लामा १५ शाखा विस्तार गर्दै

प्रधान कार्यालय वालिङ स्थित कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षा गोष्ठी स्याङ्गजाको वालिङस्थित भेनस होटलमा तालिम सहित सम्पन्न गरेको छ । गोष्ठीमा बैंकका ४१ वटा शाखाका शाखा प्रबन्धकहरु अनुगमन सुपरभाइजर तथा विभागिय प्रमुखहरुबीच पहिलो त्रैमासिकमा भएका लक्ष्य प्रगति एवं आगामी त्रैमासिकको योजनाको विषयमा छलफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी दिए । दश जिल्लामा ४१ वटा शाखा विस्तार गरेको बैंकलाई नेपाल राष्ट्र बैंकले पाँच व... Read More

कालिकाको नयाँ शाखा कास्कीको शिसुवामा

स्यांजाको वालिङ प्रधान कार्यालय रहेको कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले कास्कीको तालचोक शिसुवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख नारायणप्रसाद पौडेलले नयाँ शाखाको औपचारिक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता पौडेलले लघुवित्त संस्थाहरुले मुलुकको समाजिक एवं आर्थिक विकासमा महत्वपुर्ण योगदान पु¥याएको बताए । कार्यक्रममा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै पौडेलले लघुवित्तले दिएक... Read More

कर्मचारीहरु को क्षमता अभिवृद्ध गर्दै कालिका बैंक

स्याङ्जा वालिङ्ग केन्द्रिय कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलोपमेन्ट बैंक लि. ले संस्थामा नया कार्यरत फिल्ड सहायक कर्मचारीहरुका लागि दुईदिने फिल्ड तथा केन्द्र ब्यबस्थापन र सफ्टवेयर सम्बन्धि दुई दिने तालिम पाल्पाको तानसेनमा सम्पन्न गरेको छ|२०७४ भद्र ३१ बाट आश्विन १ गते सम्म भएको तलिममा नेपाल कम्युमिटी डेभलोपमेन्ट बैंक लि . का अधक्ष्य पशुपति घिमिरेले पानसमा बत्ति बालेर उद् घाटन गर्दै कर्मचारी को क्षमता अभिवृद्धको लागि बैंक ले आयोजना गरेको तालिम अनुकरणीय रहेको बताए] तालिममा स्याङ्जा, पाल... Read More

कालिका माइक्रोक्रेडिटको दक्षता अभिवृद्धि तालिम पोखरामा सम्पन्न

स्याङ्जाको वालिङ्गमा केन्द्रीय कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलेपमेन्ट बैंकले आफ्ना शाखा प्रबन्धकहरुलाई योजना तथा दक्षता अभिवृद्धि तालिम दिएको छ । बैकका ४१ वटा शाखा कार्यालयका प्रमुखहरुलाई यो आर्थिक बर्षको कार्ययोजना र संस्थाको रणनीतिबारे जानकारी दिन यो २ दिने तालिमको आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताए । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एबं बैंकका अध्यक्ष बिष्णु प्रसाद पौड्यालले नेपालका बैंक तथा वित्तीय संस्थाहरुको बर्तमान अबस्था र कालिका माइक्रोक्र... Read More

कालिका माइक्रोक्रेडिटको नयाँ शाखा कास्कीको पामेमा

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको पामेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण बिभाग प्रमुख उपेन्द्र कुमार पौडेलले उक्त शाखाको उद्घाटन गरे । कार्यक्रममा पौडेलले बैंकले पछिल्लो समयमा राम्रो प्रगति गरेको जानकारी आएको तर सुशासनको विषयमा अलि गम्भिर रहनुपर्ने सुझाव दिए । साथमा बैंकले दिएको सुविधाको भरपुर उपयोग गरि आर्थिक समृद्धितर्फ लाग्न महिलाहरुलाई आग्रह गरे । समुद्घाटन कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष चन्द... Read More

बैंकको प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले मंसिर १५ गतेदेखी लागु हुनेगरि आगामि ४ बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको छ । नव नियुक्त सिईओ बोहरा २०५० साल मंसिरबाट तत्कालिन सुदुर पश्चिमाअञ्चल ग्रामिड बिकास बैंक (हाल नेपाल ग्रामिड बिकास बैंक ) मा सहायक प्रथमबाट बैंकिङ् करियर सुरु गरी २०५४साल असारमा पश्चिमाञ्चल ग्रामिड बिकास बैंक (हाल नेपाल ग्रामिड बिकास बैंक) को अधिकृत स्तरको पदमा काम गरी करिब १७ बर्ष लघुबित्त क्षेत्रको अनुभ... Read More