Check Mail Check CIB
News & Events

कालिका लघुवित्त वित्तीय संस्था लि. को सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

04 May 2026
Kalika Laghubitta
कालिका लघुवित्त वित्तीय संस्था लि. को सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको वित्तीय संस्थाको आ.व.२०८१/०८२ सम्मको सञ्चित मुनाफावाट १० प्रतिशत बोनस शेयर तथा ०.५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर) वितरण गर्ने प्रस्ताव पारित भएको छ । बोनस शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी ४४ करोड ८४ लाख ६१ हजार पाँचसय ३५ रुपैया २४ पैसा हुनेछ ।
वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक समूहको शेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ३५.४८ रहेकोमा संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम रहने गरी संस्थापक समूहको शेयर स्वामित्ववाट १० प्रतिशत शेयर सर्वसाधारण समूहको शेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको छ । वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने र गाभिने वा प्राप्ति गर्ने र प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।