Check Mail Check CIB
News & Events

आ.व.२०८२/०८३ को वार्षिक समीक्षा गोष्ठि सम्पन्न

18 Aug 2026
Kalika Laghubitta
आ.व.२०८२/०८३ को वार्षिक समीक्षा गोष्ठि सम्पन्न

यस कालिका लघुवित्त वित्तीय संस्थाले आ.व.२०८२/०८३ को वार्षिक समीक्षा गोष्ठि तथा तालिम कार्यक्रम मिति २०८३ श्रावण ३० देखि भाद्र १ गतेसम्म  लेकसाइड स्थित होटल Hotel Teeka Resort and Spa मा सम्पन्न गरेको छ । यस कार्यक्रममा १०९ शाखाका शाखा प्रमुखहरु र ११ अनुगमन मुकामका प्रमुखहरुको उपस्थिति रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेको अध्यक्षता र प्रमुख अतिथि एवं संचालक समितिका अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सहायक प्रबन्धक श्री खेम नारायण रेग्मीले स्वागत मन्तव्य र वरिष्ठ प्रवन्धक श्री दिवस ढकालले कार्यक्रमको उद्धेश्य माथि प्रकास पार्नु भएको थियो भने आदरणीय गुरु डा.योगी विकासानन्दबाट आत्म अनुशासन, समयको सदुपयोग, तनाब व्यवस्थापन सम्बन्धी विषयहरुमा उत्प्रेरणा सहितको प्रशिक्षण सम्पन्न भएको थियो । 

गोष्ठी कार्यक्रममा विभिन्न विधामा पुरस्कृत हुने शाखा कार्यालयहरुलाई प्रसंसा पत्र, ट्रफीले सम्मान गरिएको थियो । कर्जा तर्फ NPL /PAR शुन्य राख्न सफल भएका, समीक्षा अवधिमा कर्जा रकम बृद्धि तर्फ उत्कृष्ठ शाखा र बचत रकम तर्फ बृद्धि तर्फ उत्कृष्ठ शाखा, नाफा तर्फ सबैभन्दा बढी नाफा हासिल गर्न सफल एवं २०८३ आषाढ मसान्तमा समग्र कारोबारको सबै सूचकांकहरुमा उत्कृष्ठ हुन सफल भएका शाखाहरुलाई र अनुगमन मुकामलाई प्रशंसा पत्र तथा ट्रफी र खादाले सम्मान गरिएको थियो भने यस वर्षको लागि समग्र कारोबारको सबै सूचकांकहरुमा उत्कृष्ठ हुन सफल इशनाथ शाखालाई Kalika Excellence Running Shileld समेत वितरण गरिएको थियो । कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो ।  कार्यक्रमको सञ्चालन वरिष्ठ अधिकृत श्री कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो ।