Check Mail Check CIB
News & Events

कालिका लघुवित्तद्वारा लेखापाल कर्मचारीहरूका लागि ‘Enhancing Accounting Skills Training Programme’ सम्पन्नः

14 Oct 2026
Kalika Laghubitta
कालिका लघुवित्तद्वारा लेखापाल कर्मचारीहरूका लागि ‘Enhancing Accounting Skills Training Programme’ सम्पन्नः

कालिका लघुवित्त वित्तीय संस्थाले लेखापाल कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले 'Enhancing Accounting Skills Training Programme' विषयक एकदिने तालिम कार्यक्रम मिति २०८३ असोज २४ गते शनिबार बुटवलस्थित होटल वेस्टर्न एसियनमा सम्पन्न गरेको छ । तालिम कार्यक्रममा वित्तीय संस्थाका ६ वटा अनुगमन मुकाम कार्यालयहरू—वुडर, वीरेन्द्रनगर, योगीकुटी, भण्डारा, हरिवन र खानीखोला अन्तर्गतका ६२ वटा शाखा कार्यालयमा कार्यरत लेखापाल कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सञ्चालक समितिका अध्यक्ष श्री चन्द्रबहादुर क्षेत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेज्यूले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य श्री चन्द्रबहादुर बस्नेतज्यू अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई प्रबन्धक श्री हर्षबहादुर स्याङतानज्यूले स्वागत मन्तव्य राख्दै स्वागत गर्नुभएको थियो ।

तालिम कार्यक्रमको उद्देश्यबारे नायव प्रमुख कार्यकारी अधिकृत श्री दिवस ढकालज्यूले प्रकाश पार्नुभएको थियो । उहाँले लेखा व्यवस्थापनमा कर्मचारीहरूको ज्ञान, सीप तथा कार्यदक्षता अभिवृद्धि गर्न यस्ता तालिम कार्यक्रमले महत्वपूर्ण योगदान पु‍र्‍याउने  विषयमा जोड दिनुभएको थियो । त्यसैगरी, सञ्चालक समितिका अध्यक्ष श्री चन्द्रबहादुर क्षेत्रीज्यू र सञ्चालक समिति सदस्य श्री चन्द्रबहादुर बस्नेतज्यूले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेज्यूले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको वृत्ति विकासलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार आन्तरिक तालिम सञ्चालन गर्नुका साथै बाह्य तालिममा समेत सहभागी गराउने व्यवस्था गरिएको बताउनुभएको थियो । साथै, संस्था सधैँ कर्मचारीहरूको व्यावसायिक विकास र हितका पक्षमा रहेको उल्लेख गर्दै सबै कर्मचारीहरूलाई आ–आफ्नो जिम्मेवारीअनुसार संस्थाको लक्ष्य प्राप्तिमा योगदान पु‍र्‍याउन आग्रह गर्नुभएको थियो ।

तालिमका क्रममा जोखिम व्यवस्थापन तथा असुली विभाग प्रमुख श्री खेमनारायण रेग्मीज्यूले सुरक्षित कर्जा लगानी तथा वर्तमान विषम परिस्थितिमा प्रभावकारी रूपमा कर्जा असुली गर्ने उपायहरूबारे सहजीकरण गर्नुभएको थियो । त्यसैगरी, लेखा विभाग प्रमुख श्री यामप्रसाद अर्यालज्यूले लेखा व्यवस्थापनसम्बन्धी विषयमा तथा सूचना तथा प्रविधि विभाग प्रमुख श्री स्वीकृति के.सी.ज्यूले सूचना प्रविधिसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।
 कार्यक्रमको सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख श्री कृष्णप्रसाद शर्माज्यूले गर्नुभएको थियो । यस तालिम कार्यक्रमले लेखापाल कर्मचारीहरूको लेखासम्बन्धी ज्ञान, प्राविधिक सीप तथा कार्यक्षमता अभिवृद्धि गर्दै संस्थाको वित्तीय सुशासन, पारदर्शिता र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।