Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
- 'लघुवित्तबाट कर्जा लिई फजुल खर्च नगरौँ, उद्यमी भई आत्मनिर्भर बनौँ ।'
कालिका लघुुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय वालिङद्धारा संचालित सदस्यता नं. ०३.११.०१.१ की केन्द्र प्रमुख श्री डालुमाया गुरुङ् एक सफल व्यवसायी हुन । पर्वत जिल्ला पैयुँ गाउँपालिका वडा नं १ टकलाक स्थाई ठेगाना भई हाल वालिङ ९ भुम्रे मा व्यवसाय संचालन गर्दै आउनुभएकी डालुमाया गुरुङ् मिति २०५८ सालमा आफ्नै गाँउका टुकबहादुर गुरुङसँग अन्तरजातिय बिबाह गर्नुभएको थियो । अन्तरजातिय विवाह गरेको कारण समाजले गरेको तिरस्कार विभेदले गर्दा गाँउ छाडी नजिकै पर्बत त्रिबेणीमा श्रीमान श्रीमती मिलेर होटल व्यवसाय संचालन गरेका थिए । घर माइती नजीकै व्यवसाय भएको कारण राम्रोसँग व्यवसाय चल्न सकेन । बिहे गरेको ६ बर्षमा ३ सन्तानकी आमा बनेकी डालुमाया छोराछोरी हुर्काउन निकै कठिन भएकोले श्रीमानलाई रोजगारको लागी भारतमा पठाइन् र २०६४सालमा वालिङ ९ भुम्रेमा कोठा भाडामा लिएर बस्न थालिन् ।
छोराछोरी हुर्काउन पढाउन कोठा भाडा तिर्न निकै गाह्रो भएकोले उनी दिनभर अरुको घरमा काम गरेर बिहान बेलुका छाक टार्न थालिन । भारत पठाएका श्रीमान सम्पर्क विहिन भएपछि परिवारमा झन गाह्रो भएको तितो यथार्थ सुनाउदै डालुमाया भन्छिन । घरपरिवार माइतीबाट साथ नपाए पनि छोराछोरीका लागी पनि केही गर्नुपर्छ भन्ने लागेर मिती २०६६ सालमा स्थापना भएको कालिका लघुुवित्त वित्तीय संस्था लिमिटेड( साबिक कालिका माइका्रेक्रेडिट डेभलपमेन्ट बैंक ) शाखा कार्यालय वालिङमा मिति २०६७।०४।०६ गते संस्थामा ७ दिनको तालिम लिई लघुुवित्तको कर्जा तथा बचतको बारेमा जानकारी लिई समुुहमा दिदिबहिनी जम्मा गराइ आवद्द हुुनुु भयो । त्यसपछि उहाँले मासिक वचत तथा कर्जाको कारोबार सुरु गर्नुभयो । सुरुमा रु ३००००।– कर्जा लिएर सानो होटल (चिया नास्ता)व्यवसाय सुरुवात गरेकी डालुमाया क्रमस कर्जा रकम वृद्धि गर्दै नियमित कर्जा कारोवार गरी छोराछोरी हुर्काउन पढाउन कोठा भाडा तिर्न बिस्तारै सहज हुदै गयो पछी श्रीमान पनि सम्पर्कमा आई पैसा पठाउने, छोराछोरीले पनि होटलमा सहयोग गर्ने भएपछी अहिले रु ७ लाख कर्जा लिई होटल ठुलो बनाई मनग्य आम्दानी गर्नुभएको छ ।
कालिका लघुवित्तका एक कर्मचारीसँगको कुराकानीमा आफ्नो विगत संम्झदै भन्नुहुन्छ हुने हार दैव नटार भनेझैँ जस्तोसुकै परिस्थीती आइपरेनी हिम्मत नहारी मेहनत गरेमा सफल भइने रहेछ ,यदी तेतीबेला कालिकामा आबद्ध नभएको भए आज मेरो जिवन के हुन्थ्यो होला म कल्पना पनि गर्न सक्दिन । कालिका लघुवित्तबाट कर्जा कारोवार गरी छोराछोरी पढाउन सकेको हुनाले कालिका नै मेरो जेठो छोरा हो भन्नुहुन्छ । हाल श्रीमान पनि फर्केर सोही व्यवसायमा रमाउनुभएको छ । छोरालाई उच्च शिक्षा अध्ययन गराई बैदेशिक रोजगारको लागी जापान पठाउनुभएको छ । छोरीको विहे भैसकेको छ व्यवसाय राम्रो भएकोले दैनिकी राम्रोसँग चलिरहेको छ । आफ्नो घर बनाएर होटल चलाईराख्नुभएको छ । होटलका साथसाथै तरकारी तथा किराना पसल पनि सँगै चलाउनुभएको छ । श्रीमान फुर्सदमा माछा मार्ने काम गर्नुहुन्छ । स्वदेशमा नै केही गर्छुु भन्नेका लागि कालिका लघुुवित्त वित्तीय संस्थावाट कर्जा लिएर पनि विदेशमा भन्दा राम्रो कमाई गरी मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाउनुुभयो । डालुमायाको परिवार अहिले सुखी खुसी अनि उदाहरणिय छ ।
स्वावलम्वन विकास केन्द्र बाट मिति २०८० फागुन ५ र ६ गते काठमाण्डौंमा भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सम्पुर्ण लघुवित्तका केन्द्र प्रमुख मध्येबाट उत्कृष्ट केन्द्र प्रमुख छर्नोट भई सम्मानित भई सम्मान पत्र तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।