Check Mail Check CIB
News & Events

कालिका लघुवित्त वित्तीय संस्था लि.को १४ औं वार्षिक साधारण सभा सम्पन्न

10 Mar 2024
Kalika Laghubitta
कालिका लघुवित्त वित्तीय संस्था लि.को १४ औं वार्षिक साधारण सभा सम्पन्न

यस कालिका लघुवित्त वित्तीय संस्था लि.को १४ औं वार्षिक साधारण सभा मिति २०८० फागुण २४ गते बिहिबार पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नल प्रा.लि.को सभा हलमा सम्पन्न भएको छ । संस्थाको संचालक समिति अध्यक्ष श्री चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.०७९।०८० को संचालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.०७९।०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि आ.व.०८०।०८१ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक पारित गर्दै १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साथै उक्त साधारणसभामा संस्थाको संस्थापक शोयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै श्री रमा कुमारी शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ । साधारण सभाको कार्यक्रम वित्तीय संस्थाको कम्पनी सचिव तथा का.मु.प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेले संचालन गर्नु भएको थियो ।