कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ |

संचालित तालिम कार्यक्रममा अनुगमन मुकाम कार्यालय भण्डारा र योगीकुटी अन्तर्गतका शाखाहरुबाट १०/१० जना गरि जम्मा २० जना लेखापालहरुको उपस्थिति रहेको थियो |कार्यक्रमको उद्घाटन अध्यक्षता संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे ज्युले गर्नुभएको थियो। का.मु.प्रवन्धक हर्ष बहादुर स्याङ्तानले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य माथि प्रष्ट पानुभएको थियो । उक्त कार्यक्रममा उठेका जिज्ञासा तथा गुनासाहरुलाई का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे ज्युले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख कविता पोख्रेल ज्युले गर्नुभएको थियो ।