Check Mail Check CIB
Success Story

कालिका माइक्रोक्रेडिटले पायो राष्ट्रिय स्तरको लाइसेन्स

15 Jan 2019
Kalika Laghubitta

नेपाल राष्ट्र बैंकले कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकलाई राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको छ । हाल १५ जिल्लामा शाखा सञ्जाल विस्तार गरी कारोबार गर्दै आएको कालिकालाई राष्ट्र बैंकले बिहीबार राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको हो ।

बैंकले हाल स्याङ्गजा , पाल्पा, पर्वत, नवलपरासी, कास्की, रुपन्देही, तनहुँ, मकवानपुर, गोरखा, धादिङ, डोटी, सुर्खेत, सल्यान, रोल्पा र बाग्लुङमा सेवा दिदै आएको छ । राष्ट्रिय स्तरको बनेसँगै क्रमशः ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिने बैंकका सीईओ मिन बहादुर  बोहराले जानकारी दिनुभयो ।