कालिकाद्वारा राहत सुविधा रकम हस्तान्तरण
कालिका लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय ओखरबजार अन्तरगत दुई जना सदस्यहरुलाई संस्थाको दैवीप्रकोप राहत सुविधा अन्तरगत जनही १० हजार रुपैयाँका दरले हस्तान्तरण गरिएको छ ।
यही असारको अन्तिम सातामा परेको अबिरल बर्षका कारण सदस्यहरुको घर भत्केर क्षति भएको कारणले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त राहत सुविधा हस्तान्तरण गरिएको शाखा प्रमुख बिक्रम न्यौपानेले बताउनुभयो ।
संस्थाको चौतारा कालिका महिला बिकास केन्द्र थाहा ३ का सदस्यद्वय बृन्दा योञ्जन र लक्ष्मी माया नेगीको घर बर्षाका कारण क्षति भएकोले उनीहरुलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
सोमबार सदस्यहरुको घरमै गएर थाहा नगरपालिका वडा नं. ३ का सदस्य भरत लामा, शाखा प्रमुख बिक्रम न्यौपाने, केन्द्र प्रमुख माया थापाले संयुक्त रुपमा राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरणका क्रममा संस्थाका कर्मचारी राजकुमार के.सी., सुन्दर घिमिरे र केन्द्रका सदस्यहरुको उपस्थिति रहेको थियो ।