कालिका द्दारा उपचार खर्च वितरण
कालीका लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय ढोरफिर्दीद्दारा दुई जना सदस्यहरुलाई संस्थाको उपचार खर्च सुविधा अन्र्तगत जनही ५ हजार रुपैंयाका दरले हस्तान्तरण गरिएको छ । सदस्यहरुलाई कुनैपनि अप्ठ्यारो परिस्थीमा संस्था साथ रहेको भनि संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्र्तगत उपचार खर्च सुविधा हस्तान्तरण गरिएको शाखा प्रबन्धक खत्रीले बताउनुभयो ।
संस्थाको पातिस्वरा कालिका र कल्याणचौर कालिका महिला विकास केन्द्र शुक्लागण्डकी,१० की सदस्य सुनिता गिरी र शुक्लागण्डकी,०८ की सदस्य इन्दिरा कार्कीलाई उपचार खर्च सुविधा स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो । मिती २०७६।०७।०५ गतेका दिन शुक्लागण्डकी १० पातिस्वरा केन्द्र बैठक संचालनका क्रममा सदस्य डासिकला गिरी,शाखा प्रमुख कृष्ण बहादुर खत्री कर्मचारी नर्मदा कोइराला र अन्य सदस्यहरुको उपस्थितीमा उपचार खर्च वितरण गरिनुका साथै मिती २०७६।०७।२५ गतेका दिन कल्याणचौर कालिका महिला विकास केन्द्रकी सदस्य इन्दिरा कार्कीलाई दुर्गा ढकालको संयोजकत्वमा सोही अनुरुप उपचार खर्च वितरण गरिएको हो ,हस्तान्तरणका क्रममा संस्थाका कर्मचारीहरु तथा केन्द्रका सदस्यहरुको उपस्थिती रहेको थियो ।