कालिकाद्धारा महिला सदस्यहरुलाई कृषि अवलोकन भ्रमण
कालिका लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय ढोरफिर्दीद्धारा गत बर्ष भएको केन्द्रप्रमुख तथा उपप्रमुख गोष्ठीमा प्रथम हुन सफल केन्द्र नं. ५ मिनम कालिका महिला विकास केन्दका सदस्यहरुलाई कृषि अवलोकन भ्रमण गराएको छ । कृषि क्षेत्रको बढि बाहुल्यता भएको क्षेत्रमा आधुनिक कृषि कार्य तथा कृषिबाट नै आत्म निर्भर हुन अवलोकन भ्रमणले ठूलो सहयोग पुर्याएको सदस्यहरुले बताएका छन् । कृषि अवलोकन भ्रमणको लागि कास्कीको लुम्ले क्षेत्रमा रहेको कृषि अनुसन्धान केन्द्र लगायतको क्षेत्रहरु अवलोकन गरिएको थियो ।

संस्थाले यस्ता किसिमका अवलोकन भ्रमणले थप जाँगर, उर्जाशिल र नयाँ नयाँ कृषिउपजहरु उत्पादन गर्ने हौसला मिलेको र कृषि व्यवसाय प्रति थप आकर्षित गराएको केन्द्रप्रमख सुस्मिता खड्काले बताउनुभयो । साथै लघुवित्त वित्तीय संस्थाहरु प्रति बजारमा नकारात्मक कुराहरु भइरहेको अवस्थामा यस्ता किसिमका कार्यक्रमहरुले सदस्यहरुमा सकारात्मक सूचना प्रवाह भएको शाखा प्रमुख कृष्ण बहादुर खत्रीले जानकारी दिए ।

भ्रमणमा विशेषगरि तरकारीमा लाग्ने किरा त्यसको रोकथामका उपाय, लगाउने तरिका, बिऊ उत्पादन साथै प्राङ्गरिक मलको प्रयोगमा बढि जोड दिनुपर्ने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रशिक्षक रामकृष्ण भारतीले जानकारी गराएका थिए । भ्रमणमा संस्थाका कर्मचारीहरु तथा केन्द्रका सदस्यहरु ग्रि करिब ३५ जना को सहभागिता रहेको थियो ।
यस वर्ष आफ्ना सदस्यहरुको लागि अवलोकन भ्रमण संगै विभिन्न सीपमुलक तालिमहरु तथा गोष्ठीहरु सञ्चालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी गराउनु भयो ।