Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिकाले क्रिया खर्च राहत वितरण

कालिकाले क्रिया खर्च राहत वितरण

 

कालिका लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय ओखरबजारले आफ्ना सदस्यलाई क्रिया खर्च वापत रु.५०००।– नगद राहत वितरण गरेको छ । शाखाको केन्द्र नं. २४ का सदस्य राममाया श्रेष्ठका श्रीमान चन्द्र बहादुर श्रेष्ठको निधन भएकोले निज सदस्यलाई शाखा प्रमुख ललिता पौडेल तथा केन्द्र प्रमुख शान्ती बलामीले केन्द्रको बैठक कार्यक्रममा राहत रकम हस्तान्तरण गरेको हो ।
बैठकमा केन्द्रीय कार्यालयका कर्जा विभाग प्रमुख राजेश श्रेष्ठले संस्थाका अन्य थप सेवा सुविधाहरुको बारेमा केन्द्रका सदस्यहरुलाई जानकारी गराएका थिए । केन्द्र प्रमुख बलामीले कालिका लघुवित्तले अहिले सदस्यमैत्री कार्यक्रम तथा सेवा सुविधाहरु ल्याएकोमा संस्थालाई धन्यवाद दिएका थिए ।

Notice
Career
Check Mail
Staff Login
Back To Top