कालिका लघुबित्तले दियो सदस्यहरुलाई बीमा तथा राहत सुविधा वापतको नगद भुक्तानी
कालिका लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय सेपाबगैचा तनहुँुको केन्द्र नं. ७०, आमडाडा कालिका महिला बिकास केन्द्रमा आवद्ध भई लघुवित्त कारोवार गर्दै आइरहेको सदस्य चिजमाया पोख्रेलको श्रीमान नारायण प्रसाद पोख्रेलको निधन हुँदा संस्थागत रुपमा नगद रु. १ लाख ५ हजार रुपैंया बीमा तथा राहत वापतको रकम भुक्तानी दिएको छ । केन्द्र हेर्ने कर्मचारी गिता अधिकारी, केन्द्र प्रमुख सोबिता मिश्र तथा शाखा प्रबन्धक सफल शर्मा लगायतको उपस्थीतिमा उक्त बीमा दाबी तथा राहत रकम प्रदान गरिएको हो । त्यसैगरी शाखा कार्यालय सेपाबगैचाले नै केन्द्र नं ८ का सदस्य डिलमाया गुरुङ , केन्द्र नं २ का सदस्य अपेक्षा मजकोटी नेपालीलाई सुत्केरी सुबिधा अन्र्तगत प्रति सदस्य रु १ हजार ५ सय तथा केन्द्र नं २७ की सदस्य मनिषा आले र केन्द्र नं ६२ की सदस्य फुलमाया थापालाई बिरामी सुबिधा राहत अन्र्तगत प्रति सदस्य रु ५ हजारका दरले केन्द्र तथा घरमै पुगि राहत सुबिधा प्रदान गरेको हो । यस किसिमका सुविधा तथा राहतले गर्दा सदस्यहरुको संस्था प्रति अपनत्व तथा आत्मियता बढ्दै गएको शाखा प्रमुख शर्माले जानकारी दिएका छन् ।