कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दिने शाखा प्रमुख गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न
कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको शाखाहरुको शाखा प्रमुख स्तरीय २ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । २०७८ मंसिर २५ र २६ गते पोखराको लेकसाईड स्थीत होटल स्नोल्याण्डमा संचालित गोष्ठीमा सम्पूर्ण ९१ शाखाहरुबाट शाखा प्रमुख एवं शाखाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता प्रवन्ध संचालक केशवनारायण प्रधानले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा उपस्थित संस्थाका संचालक चन्द्र बहादुर क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्दै गोष्ठी सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने अतिथिको रुपमा उपस्थित हुनु भएका संचालक विश्वराज नेपालले पनि गोष्ठीको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त २ दिने गोष्ठीमा शाखाहरुमा देखिएका समस्याहरु, लक्ष्य हासिलका लागि अपनाईने आगामी योजना तथा रणनीतिहरु र समस्या समाधानका उपायहरुको वारेमा विस्तृत छलफल भई संस्थाको नीति नियमको परिधिमा रही कारोवार संचालनका लागि प्रवन्ध संचालक केशवनारायण प्रधानले निर्देशन दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा विभिन्न विधामा उत्कृष्ठ भएका शाखाहरुलाई संचालक विश्व नेपाल, प्रवन्ध संचालक केशवनारायण प्रधान लगायतले सम्मान गर्दै प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
उद्घाटन सत्रको संचालन वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले गर्नु भएको थियो भने गोष्ठी कार्यक्रमको सहजीकरण अधिकृत याम प्रसाद अर्यालले गर्नु भएको थियो ।