१३ प्रतिशत शेयर लाभांस सहित कालिका लघुवित्तको बाह्रौं साधारण सभा सम्पन्न
राष्ट्रिय स्तरको कार्यक्षेत्र भई कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न प्रस्तावहरु पारित गर्दै आ.व.०७७/०७८ को बाह्रौ साधारण सभा सम्पन्न गरेको छ ।
पोखराको अमरसिंह चोक स्थित टास्क ईन्टरनेश्नल होटलमा मिति २०७८ पौष ३० गते शुक्रवारका दिन सम्पन्न बाह्रौ साधारण सभाको उद्धघाटन संचालक समितिका अध्यक्ष एवं सभाका अध्यक्ष कृष्ण बहादुर खाँणले गर्नु भएको थियो भने संचालक चन्द्र बहादुर क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, पूर्व संस्थापक अध्यक्ष चन्द्र बहादुर बस्नेत लगायतकाले सभा सम्पन्नका लागि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रवन्ध संचालक केशवनारायण प्रधानले संस्थाको बर्तमान अवस्था र भावी योजनाहरु वारे विवरण प्रस्तुत गर्नु भएको थियो ।

सभा अध्यक्ष एवं संचालक समितिका अध्यक्ष कृष्ण बहादुर खाँणले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनका सम्बन्धमा सहभागी शेयरधनीहरुको तर्फबाट उठेका टिप्पणी र सुझावहरुमा विस्तृत छलफल गर्दै सभामा पेश भएका विभिन्न प्रस्तावहरु लगायत १३ प्रतिशत शेयर लाभांस सहितको वार्षिक प्रतिवेदन पारित गर्दै आ.व.०७७/०७८ को बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाको कम्पनी सचिव एवं वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले उक्त सभा संचालन गर्नु भएको थियो ।