बैंकको प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले मंसिर १५ गतेदेखी लागु हुनेगरि आगामि ४ बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको छ । नव नियुक्त सिईओ बोहरा २०५० साल मंसिरबाट तत्कालिन सुदुर पश्चिमाअञ्चल ग्रामिड बिकास बैंक (हाल नेपाल ग्रामिड बिकास बैंक ) मा सहायक प्रथमबाट बैंकिङ् करियर सुरु गरी २०५४साल असारमा पश्चिमाञ्चल ग्रामिड बिकास बैंक (हाल नेपाल ग्रामिड बिकास बैंक) को अधिकृत स्तरको पदमा काम गरी करिब १७ बर्ष लघुबित्त क्षेत्रको अनुभव रहेको छ भने नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड बुटवलमा कार्यकारी तहमा ३ बर्ष भन्दा बढि समय काम गरेको अनुभव प्राप्त ब्यक्ति हुन ।