कालिकाले गर्यो नव प्रवेशी कर्मचारीहरुलाई स्वागत, अभिमुखिकरण संगै ४६ जनाले लिए सपथग्रहण

स्याङजाको वालिङ स्थित होटल डेजीमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले नव प्रवेशी ४६ जना कर्मचारीहरुको लागि मंगलबार स्वागत तथा अभिमुखिकरण तालिम दिएको छ । तालिमको औपचारिक कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्ण खाँणले तालिम सफलताको शुभकामना संगै संस्थाको नीति नीयम भित्र रहेर काम गर्नुहुन निर्देशन दिए । नव प्रवेशी कर्मचारीहरुलाई संस्थाको नीति नीयम तथा कामकारवाही र उत्प्रेरणा सम्बन्धि संस्थाका विभागिय प्रमुखहरु राजेश श्रेष्ठ र याम प्रसाद अर्यालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा नव प्रवेशी कर्मचारीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बधाई संगै सपथ ग्रहण गराएका थिए भने सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशीले स्वागत एवं तालिमको उद्देश्य माथि प्रकाश पारेका थिए ।