Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

अर्धवार्षिक समिक्षा सहित कालिकाको तीन दिने तालिम सौराहामा सम्पन्न

अर्धवार्षिक समिक्षा सहित कालिकाको तीन दिने तालिम सौराहामा सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा गोष्ठी, कार्यसञ्चालन तथा बिमा सम्बन्धि तालिम चितवनको सौराहा स्थित होटल रोयल सफारीमा सम्पन्न भएको छ । ७० वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको कार्यक्रम १८ गते बाट शुरु भई २० गते सम्पन्न भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका सञ्चालक समिति अध्यक्ष कृष्ण खाँडले कार्यक्रमको उद्घाटन गर्दै कालिका कर्मचारीमैत्री हुने र संस्थाको लक्ष्य हासिल गर्नको लागि रचनात्मक तरिकाले कार्य सम्पादन गर्नको लागि निर्देशन तथा सुझाव दिएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशीले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।


कार्यक्रममा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागिय प्रमुखहरुलगायतले सहजिकरण गरेका थिए । संस्थाको आर्थिक वर्षको अन्तिम सम्ममा ५५ हजार सदस्यहरुबाट ८२ करोड निक्षेप संकलन सहित २२१ करोड लगानी पुर्याउने लक्ष्य रहेको छ । कार्यक्रमका सभाध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले कर्मचारीहरुलाई सदस्यमैत्री बनेर सेवाभावलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।


यसै बिचमा संस्थापक समुहको तर्फबाट निर्वाचित भएका सञ्चालकहरु नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ र कृष्णकाजी के.सी.ले अध्यक्ष कृष्ण खाँड समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् भने कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले नियुक्त भएका छन् । कार्यक्रममा सर्वसाधारण समूहका सञ्चालकद्धय विश्वराज नेपाल र करुणा पोख्रेल तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रिय प्रबन्धक सुरेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाको योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्यालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सञ्चालकहरु कृष्णकाजी के.सी. नित्यानन्द तिवारी र विश्वराज नेपालले राष्ट्रबैंकको निती निर्देशन भित्र रहेर काम गर्न र कार्यक्रमको सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

Notice
Career
Check Mail
Staff Login
Back To Top