Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिका माइक्रोक्रेडिटको नयाँ शाखा कास्कीको पामेमा

कालिका माइक्रोक्रेडिटको नयाँ शाखा कास्कीको पामेमा

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको पामेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण बिभाग प्रमुख उपेन्द्र कुमार पौडेलले उक्त शाखाको उद्घाटन गरे । 

कार्यक्रममा पौडेलले बैंकले पछिल्लो समयमा राम्रो प्रगति गरेको जानकारी आएको तर सुशासनको विषयमा अलि गम्भिर रहनुपर्ने सुझाव दिए । साथमा बैंकले दिएको सुविधाको भरपुर उपयोग गरि आर्थिक समृद्धितर्फ लाग्न महिलाहरुलाई आग्रह गरे ।

समुद्घाटन कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले महानगरपालिका भएर पनि कुनै बैंकहरुको उपस्थिति नरहेको पामे बजारमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले लघुवित्त कार्यक्रम सुचारु गरेको बताए । 

स्थानीय एवं बैंकका समूह सदस्य विष्णुमाया तिमिल्सिनाले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि बैंकले राम्रो भूमिका निर्वाह गरेको र आफूहरुले सोचेको भन्दा राम्रो तरिकाले सेवा लिइरहेको बताइन् । 

कार्यक्रमका अतिथि तथा स्थानीय वडा नं. २४ का वडा सदस्य अग्नीधर त्रिपाठीले बैंकले विकासको बाटो खुलाएको र महिलाहरुको आयआर्जनको लागि राम्रो बाटो खुलेकोले बैंक प्रति स्थानीय जनता आभारी रहेको बताए ।

कार्यक्रममा अतिथिको रुपमा नेपाल राष्टबैंक पोखराका प्रमुख पोमनाथ गौतम, बैंक अफ काठमाण्डौ पोखरा शाखा प्रमुख योगेन्द्र पुन, सिद्धार्थ बैंक लि. पोखरा शाखा प्रमुख प्रदिप श्रेष्ठ, नेपाल टेलिभिजन का पत्रकार मनोज श्रेष्ठ, छाँयाकार प्रनिश श्रेष्ठ, स्थानीय समाज सेवी एकनारायण त्रिपाठी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि, पत्रकारहरु महिलाहरु लगायतको उपस्थिति रहेको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top