Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

मालुङ्गामा कालिका लघुवित्तका केन्द्रका प्रमुखहरु सहित कार्यशाला गोष्ठी

मालुङ्गामा कालिका लघुवित्तका केन्द्रका प्रमुखहरु सहित कार्यशाला गोष्ठी

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले स्याङ्जाको मालुङ्गा शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुख उप प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी कार्यक्रम गल्याङ नगरपालिकाको होटल रुफटपमा सोमबार सम्पन्न गरेको छ ।
मालुङ्गा शाखाको केन्द्र नं. १० लगनशिल कालिका महिला विकास केन्द्रका केन्द्र प्रमुख रुकमणी न्यौपानेको अध्यक्षता एवं सञ्चालक समितिका अध्यक्ष कृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४६ वटा केन्द्रका केन्द्र प्रमुख एवं उप प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मालुङ्गा शाखाका शाखा प्रबन्धक श्रृष्टी लुईंटेलले सहभागि एवं अतिथिहरुलाई स्वागत गर्दै संस्थाको हालको अवस्था विश्लेषण गरेका थिए ।
संस्थाका कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले संस्थाको नयाँ सेवा सुविधाहरु एवं कर्जा तथा बचतका प्रकारहरुको बारेमा जानकारी दिनुका साथै सहभागिहरुको अन्तरक्रिया एवं छलफलमा सहजिकरण गरेका थिए । प्रमुख अतिथि एवं अध्यक्ष खाँणले सदस्यहरुको शसक्तिकरण मात्र हैन सामाजिक र आर्थिक सवलिकरणको लागि संस्थाले काम गर्दै जाने बताए । अध्यक्ष खाँणले सामाजिक उत्तरदायि भएर वित्तीय पहुँच घरघरमा पुर्याउनको लागि कर्मचारीहरुलाई निर्देशन एव सदस्यहरुलाई आग्रह गरेका थिए । अतथिको रुपमा उपस्थित रहेका संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले कार्यक्रममा बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउनकोलागि अनुरोध गरेका थिए । उनले सदस्यहरुको जिज्ञासालाई सम्बोधन गर्दै उपस्थित सदस्यहरुको भुमिका र जिम्मेवारी अझ बढ्दै गएकोले उक्त कुरामा विशेष ध्यान दिनको लागि कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
कर्मचारीहरुले प्रतिज्ञा गरि सदस्यहरुले स्वालम्बन गाना सहित शुरु भएको कार्यक्रममा उत्कृष्ट चार वटा केन्द्रहरुलाई नगद सहित पुरस्किृत गरेका थिए भने संस्थालाई निरन्तर सहयोग गरिरहने पाँच जना सदस्यहरुलाई प्रसंशा पत्र वितरण गरिएको थियो ।
२०६९ साल कार्तिकमा संस्थाको नवौं शाखाको रुपमा स्थापना भएको मालुङ्गा शाखाले गल्याङ नगरपालिका लगायत रम्भा गाउँपालिका र बगनाशकाली र गाउँपालिकाका ६४० जना सदस्यहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा पुर्याइरहेको छ । कालिका लघुवित्त वित्तीय संस्थाले २५ वटा जिल्लााम ७० वटा शाखा मार्फत झण्डै ४० हजार घरधुरीलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा पुर्याइरहेको छ । कार्यक्रम योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्यालले सञ्चालन गरेका थिए ।

Notice
Career
Check Mail
Staff Login
Back To Top