पर्बत जिल्लाको कुश्मामा कालिकाको केन्द्र प्रमुख गोष्ठी सम्पन्नस्याङ्जा

स्याङ्जामा प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्लाको कुश्मा शाखाका केन्द्रका प्रमुख तथा उप प्रमुखहरुको सहभागितामा एक दिने कार्यशाला गोष्ठी कुश्मा स्थित युनिभर्सल पार्टी प्यालेसमा २२ गते आइतबार सम्पन्न गरेको छ ।
गोष्ठीमा केन्द्र प्रमुख तथा उप पमुखहरुले संस्था संग सहकार्य गर्दै आइरहँदा भएका राम्रा पक्षहरुको लागि धन्यवाद दिंदै सुधार गर्नुपर्नेकरुाहरुको सुझाव दिएका थिए ।
कार्यक्रममा आन्तरिक लेखा परिक्षण विभाग प्रमुख निर्मल गौतमले संस्थाको नयाँ परिवर्तित बचत तथा कर्जा सुविधा एवं व्याजदर तथा ग्राहक संरक्षण कोष अन्तरगत सदस्यहरुको सुविधाको बारेमा जानकाी गराएको थिए भने विशेष अतिथिको रुपमा रहेका संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले सदस्यहरुको जिज्ञासा एवं गुनासोहरुको बारेमा प्रष्ट पारेका थिए ।
प्रमुख अतिथि रहनुभएका संस्थाका सञ्चालक समिति सदस्य विश्वराज नेपालले सदस्यहरुको हितको लागि समय सापेक्ष निती नीयमहरु परिमार्जन गर्दै लगिएको आगामी दिनमा पनि सदस्यको हितलाई प्रधानता राखेर संस्थाले बाम गर्ने बताउनु भयो ।
केन्द्र नं. १ का केन्द्र प्रमुख सरस्वती पुनको सभाध्यक्षतामा भएको कायक्रमको सञ्चालन संस्थाका सुपरभाइजर भेषराज गैरेले गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत तथा सहयोगी र अनुशासित सदस्यहरुलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।