Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

स्याङ्जाको पुतलीबजार नगरपालिकामा कालिकाको केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न

स्याङ्जाको पुतलीबजार नगरपालिकामा कालिकाको केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको सभा हलमा आज बुधबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड बाडखोला शाखामा लघुवित्त कारोवार गर्ने ४६ वटा केन्द्रका केन्द्र प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति सदस्य नित्यानन्द तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई स्वागत गर्दै शाखाको प्रगति विवरण शाखा प्रमुख रजनी पंगेनीले प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरुवातमा कर्मचारीहरुले प्रतिज्ञा तथा सहभागिहरुले स्वाबलम्बन गाना प्रस्तुत गरेका थिए ।
गोष्ठीमा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले वित्तीय अनुशासनको बारेमा जानकारी दिंदै संस्थाको नयाँ सेवा सुविधाहरु एवं बचत तथा कर्जाको कार्यक्रमहरुको बारेमा उपस्थितहरुलाई जानकारी गराएका थिए ।


कार्यक्रममा उपस्थित सहभागिहरुले अन्तरक्रियामा उठाएका सवाल एवं गुनासोहरुमा संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी एवं कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सम्बोधन गरेका थिए । आगामी दिनमा सदस्यहरुको क्षमता तथा सीप अभिबृद्धि तथा सामाजिक र आर्थिक स्तर बढाउँदै लाने कार्यक्रमहरुलाई प्राथमिकता दिंदै जाने सहायक प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।


प्रमुख अतिथि नित्यानन्द तिवारीले सदस्यहरुलाई आर्थिक कारोवार गर्ने क्रममा चनाखो र सचेत हुनको लागि आग्रह गरेका थिए । सदस्य हित सर्वोपरी मानेर नीतिगत कुरामा गर्नपर्ने कामहरु कुनै बाँकी नराखिने र आफू स्वाबलम्बी भएर कार्य गर्नको लागि पनि प्रमुख अतिथि तिवारीले बताए ।
वाडखोला शाखाको केन्द्र नं. ३० राम कालिका महिला विकास केन्द्रका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष सुमित्रा कार्कीले हरेक क्षेत्रमा लघुवित्त संस्थाहरु बढ्दै गएको अवस्थामा सदस्यहरुले अब छान्नुपर्ने दिन आएको बताए ।


कार्यक्रम सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्याल गरेका थिए भने हाल ७ वटा कार्यक्रम सकिएको र यस आर्थिक वर्ष भरिमा ३० वटा शाखाहरुमा सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम सहित गोष्ठी सञ्चालन गर्ने योजना रहेको पनि बताए ।
कार्यक्रममा शाखामा उत्कृष्ट कारोवार गरेका केन्द्रहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने असल सदस्यहरुलाई प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top