Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

सदस्यहरुको गुनासो सुनवाई गर्दै कालिकाको आठौं केन्द्र प्रमुख गोष्ठी स्याङ्जाको चापाकोटमा

सदस्यहरुको गुनासो सुनवाई गर्दै कालिकाको आठौं केन्द्र प्रमुख गोष्ठी स्याङ्जाको चापाकोटमा

२९ बैशाख, स्याङ्जा
स्याङ्जाको वालिङ स्थित केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको चापाकोट नगरपालिका ९ स्थित चापाकोट शाखा कार्यालयले कालिगण्डकी होटलमा ७० वटा केन्द्रका केन्द्र प्रमुखहरुको वार्षिक गोष्ठी सम्पन्न गरेको छ ।


केन्द्र नं. ३ उत्तर गंगा कालिका महिहला विकास केन्द्रका केन्द्र प्रमुख कल्पना रेग्मीको सभाध्यक्षता तथा संस्थाका संञ्चालक समिति सदस्य कृष्णकाजी के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सदस्यहरुले लघुवित्त कार्यक्रमको गुनासोहरु तथा संस्थाले व्यक्तिगत जीवनमा पारेका सकारात्मक पक्षहरुमा अन्तरक्रिया तथा छलफल गरेका थिए । कार्यक्रममा चापाकोट शाखा कार्यालय प्रमुख युवा जि.टी. ले उपस्थित अतिथि तथा सहभागिहरुलाई स्वागत गर्दै शाखाको प्रगति विवरण पेश गरेका थिए । संस्थाको केन्द्रिय कार्यालयका प्रशासन विभागका भेषराज गैह्रेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।


अन्तरक्रिया एवं समिक्षा गोष्ठी कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासा तथा गुनासो एवं सुझावहरुमा योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्याल र कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेका थिए । श्रेष्ठले संस्थाका नयाँ बचत, कर्जा तथा सेवा सुविधाका कार्यक्रमहरुमा पनि प्रकाश पारेका थिए ।


कर्मचारीहरुले प्रतिज्ञा र सदस्यहरुले स्वावलम्बन गानाबाट शुरुभएको कार्यक्रममा सहभागिहरुले धेरै लघुवित्त संस्थाहरु बजारमा भएकोले वित्तीय अनुशासनमा आफै चनाखो हुनुपर्ने र त्यसमा संस्थाले सहयोग गर्नुपर्ने बताएका थिए ।
प्रमुख अतिथि कृष्णकाजी केसीले संस्थाको वित्तीय कारोवारी सदस्यहरुको हितलाई सर्वोपरी मानेर नितिगत कुराहरुमा गर्नुपर्ने कुराहरु अविलम्ब सञ्चालक समितिको बैठकमा राखेर गुनासो सुनवाई प्रभावकारी बनाउने बताए ।


कार्यक्रममा अतिथि तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले आगामी दिनमा सदस्यहरुलाई तालिम, सीप र क्षमता अभिबृद्धि हुने किसिमका कार्यक्रमहरुलाई प्रधानता दिने बताए । सभाध्यक्ष कल्पना रेग्मीले पछिल्लो समयमा संस्थाले धेरै उपयोगी कार्यक्रमहरु ल्याएको तथा सुविधाहरु थप्दै लगेकोमा संस्थालाई धन्यवाद दिंदै सदस्यहरुले उठाएका कुराहरु धेरै नयाँ कार्यक्रममा आएको र केहि बाँकी कुराहरु चाँडै सुनवाई हुने कुरामा अपेक्षारत रहेको बताएका थिए । संस्थाले भोली रामपुर नगरपालिकाको रामपुरमा कार्यक्रम गर्ने योजना रहेको प्र्रमुख कार्यकारी अधिकृत बोहराले बताए ।

Notice
Career
Check Mail
Staff Login
Back To Top