पाल्पाको रामपुरमा कालिकाको एक सय तीस केन्द्रका प्रमुखहरुको भेला
सहभागिहरुको आय र सीपमुलक तालिमको माग

३० बैशाख, पाल्पा
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रप्रमुखहरुको गोष्ठी कार्यक्रमको अभियान पाल्पाको रामपुर पुगेको छ । आज सोमबार रामपुर स्थित होटल श्रीनगरको हलमा संस्थाको रामपुर शाखामा आवद्ध रहेका १३० वटा केन्द्रका प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुले रामपुर व्यवसायिक एवं कृषिको लागि नमुनाको ठाउँ भएकोले सदस्यहरुको सीप, क्षमता र आय बृद्धि हुने किसिमका तालिमहरु आवश्यक रहेको बताए ।
संस्थाका सञ्चालक समितिका सदस्य कृष्णकाजी के.सी.को प्रमुख आतिथ्यता एवं केन्द्र नं. ११५ का प्रमुख संगिता श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासा तथा गुनासो एवं सुझावहरुमा योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्याल र कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेका थिए । श्रेष्ठले संस्थाका नयाँ बचत, कर्जा तथा सेवा सुविधाका कार्यक्रमहरुमा पनि प्रकाश पारेका थिए ।
प्रमुख अतिथि के.सी.ले रामपुर क्षेत्र अलि जोखिम रहेकोले सदस्यहरुलाई वित्तीय अनुशासनको विषयमा सदस्यहरु चनाखो र गम्भिर रहन अनुरोध गरेका थिए ।
कार्यक्रमका अतिथि तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले सदस्यहरुलाई तालिम, सीप र क्षमता अभिबृद्धि हुने किसिमका कार्यक्रमहरु संस्थाले ल्याउन लागेको र नेपाल राष्ट्र बैंकले निर्देशन गरेको दलित, एकल महिला, जेष्ठ नागरिक, सिमान्तकृत समुदाय अन्तरगतका सदस्यहरुलाई व्याज सहुलियत दिइंदै आएको बताए ।
कार्यक्रममा उपस्थितहरुलाई शाखा प्रमुख गोम प्रसाद सुनारीले स्वागत गरेका थिए भने प्रशासन विभागका भेषराज गैह्रेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा वर्षभरी उत्कृष्ट रहेका केन्द्रहरुलाई प्रमाणपत्र तथा नगद सहित पुरस्कार वितरण गरिएको थियो । हिजो आइतबार संस्थाले चापाकोट शाखामा कार्यक्रम गरेको थियो ।