Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

पोखराको दुई स्थानमा कालिकाको केन्द्र प्रमुख गोष्ठी

सदस्यमैत्री कार्यक्रमहरु ल्याउने अध्यक्ष खाँणको भनाई
पोखराको दुई स्थानमा कालिकाको केन्द्र प्रमुख गोष्ठी

स्याङ्जा वालिङमा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था लिमिटेडले आज शनिवार कास्कीको पोखरा स्थित दुई वटा शाखा कार्यालयका केन्द्रका प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।


पोखरा लेखनाथ नगरपालिका वडा नं. २४ मा रहेको संस्थाको पामे शाखा कार्यालयका ५० वटा केन्द्रका शाखा प्रमुख तथा उप प्रमुखहरुको उपस्थितिमा पोखराको शान्तीनगर ब्याङ्क्वेटमा कार्यक्रम भएको हो । नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा सुर्या लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुले वित्तीय कारोवार गरिरहँदा भएका समस्याहरुको बारेमा छलफल गरेका थिए । प्रमुख अतिथि पाण्डेले लघुवित्त वित्तीय संस्थाहरुले दुरदराजमा रहेका पछि परेका मानिसहरु सम्म वित्तीय पहुँच पुर्याएको र गरिवी निवारणमा अहं भुमिका खेलेको बताउनुभयो । सहभागिहरुले उठाएका जिज्ञासा र सवालहरुको बारेमा सहजिकरण तथा संस्थाको नयाँ कार्यक्रमहरुको बारेमा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले जानकारी गराएका थिए ।


कार्यक्रममा विशेष अतिथि एवं संस्थाका सञ्चालक समिति अध्यक्ष कृष्ण खाँणले धेरै नयाँ कार्यक्रमहरु ल्याइएको र सदस्यहरुको सुझाव सल्लाह अनुसार नै सदस्य मैत्री तरिकाले आगामी दिनहरुमा योजना बनाउँदै लैजाने बताउनुभयो ।
संस्थाका सञ्चालक तथा अतिथि विश्वराज नेपालले सदस्यहरुको आय, क्षमता र सीप बृद्धिका कार्यक्रमहरुलाई प्राथमिकता दिने बताउनुभयो । संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।


पामे शाखाका शाखा प्रमुख ममता डुम्रेले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट केन्द्रहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्किृत गरेका थिए । भने अनुशासित सदस्यहरुलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रमका सभाध्यक्ष केन्द्र नं. १७ चन्द्रमा कालिका महिला विकास केन्द्रका प्रमुख यामकुमारी सुनारले कालिकाले धेरैको आर्थिक स्तर वृद्धिमा उल्लेख्य सहयोग पुर्याएको र अहिले धेरै संस्थाहरु भएकोले सदस्यहरुमा वित्तीय अनुशासन हराउँदै गएको हुँदा संस्था अलि चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नै कालिका लघुवित्त वित्तीय संस्था र सुर्या लाइफ इन्स्योरेन्स बिचमा सदस्यहरुको बीमा गर्न गराउन बैंकास्योरेन्सको सम्झौता पनि भएको छ ।


त्यसैगरि आजै पोखरा बुद्धचोक शाखा कार्यालयको कार्यक्रम कान्तिपुर पार्टि प्यालेसमा ९७ वटा केन्द्रका प्रमुखहरुको गोष्ठी पनि सकिएको छ । संस्थाका सञ्चालक कृष्णकाजी के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्र नं. ६९का प्रमुख सीता श्रेष्ठले सभाध्यक्षता गरेका थिए । शाखा प्रमुख कुशल पोखरेलले सञ्चालन गरेको कार्यक्रममा योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्यालले कार्यक्रमको बारेमा सहभागिहरुलाई जानकारी गरेका थिए । संस्थाको सेवा सुविधाको बारेमा भने आन्तरिक लेखापरिक्षण विभाग प्रमुख निर्मल गौतमले जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले लघुवित्तको मर्मर धर्म अनुसारले कार्यक्रमहरु अगाडि बढाउँदै लाने बताउनु भयो ।

 

Notice
Career
Check Mail
Staff Login
Back To Top