Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिकाको ३० वटा गोष्ठी कार्यक्रम सम्पन्न, सदस्यलाई झण्डै २ लाखको बीमा रकम सहयोग

कालिकाको ३० वटा गोष्ठी कार्यक्रम सम्पन्न, सदस्यलाई झण्डै २ लाखको बीमा रकम सहयोग

स्याङ्जामा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्षको योजना अनुसारको ३० वटा शाखा कार्यालयमा केन्द्र प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले पाल्पा, स्याङ्जा, पर्वत, कास्की, तनहुँ, गोरखा, धादिङ, मकवानपुर नवलपुर, रुपन्देही लगायतको जिल्लामा रहेका ३० वटा शाखाहरुमा गोष्ठी सम्पन्न गरेको हो । आइतबार अन्तिम २ वटा कार्यक्रम बुटवलको योगिकुटी र सैनामैनाको रानीबगियामा कार्यक्रम सकाएको हो ।


कार्यक्रम बाट आगामी दिनमा कस्तो खालको कार्यक्रमहरु सदस्यहरुको लागि ल्याउने भन्ने विषयमा आफूहरु प्रष्ट भएको संचालक समितिका सदस्य कृष्णकाजी केसीले बताउनु भयो । अर्का सञ्चालक नित्यानन्द तिवारीले यस किसिमको कार्यक्रमले सदस्यहरुसंग सदस्यको सामिप्यता बढेको बताउनुभयो ।
संस्थाले सदस्यहरुको भावना अनुसार कार्यक्रमहरु सञ्चालन गर्नको लागि कुनै कसर नराख्ने र सदस्यमैत्री कार्यक्रम सञ्चालन गर्दै जाने संस्थाका अध्यक्ष कृष्ण खाँणले जानकारी गराउनु भयो । कार्यक्रमको समिक्षा गरेर गोष्ठीबाट आएका कुराहरु एक एक केलाउँदै आगामी आर्थिक वर्षको कार्यक्रम तथा योजनाहरु बनाउने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताउनु भयो ।
सदस्यहरुले संस्थाको कार्यक्रमले संस्थाको जोखिम व्यवस्थापनमा पनि महत्वपुर्ण भुमिका खेलको संस्थाका जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले जानकारी गराउनुभयो ।


प्रतिस्पर्धात्मक बजारमा सदस्यहरुको गुनासो तथा सुझाव अनुसारले कार्यक्रम तथा नीतिहरु बनाउन धेरै सहयोग भएको र सदस्यहरु उत्साहित रहेको र सकारात्मक सुझावहरु आएको कार्यक्रम संयोजक याम प्रसाद अर्यालले बताउनुभयो ।
यसै बिच अन्तिम गोष्ठी अन्तरगत रानीवगिया शाखामा भएको कार्यक्रममा गजेडी शाखा कार्यालयका सदस्य अनारकली थारुको मृत्यू भएको हुँदा निजको श्रीमानलाई रु.एक लाख पन्चानब्बे हजार रुपैंया बीमा बापतको रकम हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका संचालक समितिका सदस्य कृष्णकाजी केसीले मृतक सदस्यका श्रीमान प्रहलाद थारुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top