Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिकाको नयाँ शाखा कास्कीको शिसुवामा

कालिकाको नयाँ शाखा कास्कीको शिसुवामा

स्यांजाको वालिङ प्रधान कार्यालय रहेको कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले कास्कीको तालचोक शिसुवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख नारायणप्रसाद पौडेलले नयाँ शाखाको औपचारिक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता पौडेलले लघुवित्त संस्थाहरुले मुलुकको समाजिक एवं आर्थिक विकासमा महत्वपुर्ण योगदान पु¥याएको बताए । कार्यक्रममा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै पौडेलले लघुवित्तले दिएको सेवा सुविधा उपयोग गरी आर्थिक उन्नतीमा अग्रसर हुनको लागि आग्रह समेत गरे ।

कार्यक्रमका सभाध्यक्ष एवं शाखा कार्यालय तालचोक शिशुवाका शाखा प्रबन्धक विष्णुकुमारी पुनले शाखाको प्रगति विवरण पेश गर्दै सदस्यहरुप्रति आभार व्यक्त गरिन् । बैंकका सञ्चालक समिति अध्यक्ष इन्जिनियर विष्णु प्रसाद पौड्यालले पछिल्लो समयमा बैंकले दिन दुगुणा रात चौगुणा प्रगति गरेको बताउँदै सदस्य एवं कर्मचारीहरुलाई धन्यवाद दिए । शाखाको केन्द्र नं. ९ का समूह सदस्य मनकुमारी गुरुङले बैंकले दिएको सेवा सुविधाको सहि सदुपयोग गर्दै उदाहरणीय लघु उद्यमी बन्ने बताउँदै अन्य सहभागी महिलाहरुलाई लघुवित्त बैंकको सेवा सुविधा प्रयोग गर्न नजानेमा दुर्घटना हुन सक्ने बताउँदै सबैलाई सजग हुनको लागि आग्रह समेत गरिन् ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले हाल दश जिल्लामा ४१ वटा शाखा मार्फत कालिकाले सेवा पु¥याइरहेको जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत बोहराले हालै राष्ट्र बैंकबाट थप पाँच वटा जिल्लामा शाखा विस्तारका लागि स्वीकृती लिइसेकेको र उक्त जिल्लाहरुमा शाखा विस्तार पश्चात थप २५ वटा जिल्लाको राष्ट्र बैंकबाट स्वीकृती लिने तयारी भइरहेको बताए ।

केन्द्रिय कार्यालयका अधिकृत ख्यामकान्त अर्यालले सञ्चालन गरेको कार्यक्रममा उपस्थित पाहुनाहरुलाई ओखरबजार शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा सञ्चालक अर्जुनराज आचार्य (मेघा बैंक), एनआइसी एसिया, ओम डेभलपमेन्ट बैंक तथा विभिन्न वित्तीय संस्थाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top