कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०५/२५ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०५/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२८ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | कालिका लघुवित्त वित्तीय संस्थाको १ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/०४/२४ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ | RECENT NEWS SHOW RECENT NEWS
Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिका माइक्रोक्रेडिटको २१.२१ प्रतिशत लाभांश पारित

कालिका माइक्रोक्रेडिटको २१.२१ प्रतिशत लाभांश पारित

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको आठौं साधारणसभा सम्पन्न भएको छ । बैंकको शनिबार सम्पन्न साधारणसभाले २१.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष इन्जिनियर विष्णु प्रसाद पौड्यालको अध्यक्षतामा भएको साधारणसभामा बैंकले आर्थिक वर्ष २०७३।०७४ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७४।७५ को लागि लेखा परिक्षक नियुक्ति एवं संचालक समितिले प्रस्ताव गरे अनुसार बोनस शेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिने प्रस्तावहरु माथि छलफल गरि निर्णय गरेको छ ।  

सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजी आठ करोड २५ लाखको २१.२१२१ प्रतिशतले हुन आउने एक करोड ७५ लाख रुपैंया बोनस सेयर स्वीकृत गरि बैंकको चुक्ता पुँजी बृद्धि गरि १० करोड पुर्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहोराले बताए ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि निर्वाचनबाट सञ्चालकहरुमा विश्वराज नेपाल र करुणा पोखरेल निर्वाचित भएका छन् ।

बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाको नाम कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड रहने गरि संशोधन गरेको छ । बोनस सेयर स्वीकृत पश्चात जारी पुँजी तथा चुक्ता पुँजीमा बृद्धि भएर संस्थाको कार्य क्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बनाउनको लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिनबहादुर बोहराले बैंकको वित्तीय विवरण पेश गर्नुका साथै हाल १५ जिल्लामा ४६ वटा शाखा विस्तारसहित सेवा पुर्याइरहेको जानकारी दिए । साधारण सभामा उपस्थित सदस्यहरुलाई संचालक समितिका सदस्य नित्यानन्द तिवारीले स्वागत गरेका थिए भने उपस्थित सेयरधनीहरुलाई अध्यक्ष विष्णु प्रसाद पौड्यालले धन्यवाद दिएका थिए ।

यसैगरी बैंकले शाखा प्रबन्धकहरुको अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । २० गते आइतबार बैंकका अध्यक्ष विष्णुप्रसाद पौड्यालको प्रमुख आतिथ्यतामा भएको अन्तक्रिया कार्यक्रममा बैंकका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन समिति एवं ४१ वटा शाखाका शाखा प्रबन्धक बिचमा हालसम्मको समिक्षा एवं वार्षिक लक्ष्यको बारेमा अन्तरक्रिया कार्यक्रम भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बोहराले बताए ।

Notice
Career
Check Mail
Staff Login
Back To Top