कालिका माइक्रोक्रेडिटले पायो राष्ट्रिय स्तरको लाइसेन्स
नेपाल राष्ट्र बैंकले कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकलाई राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको छ । हाल १५ जिल्लामा शाखा सञ्जाल विस्तार गरी कारोबार गर्दै आएको कालिकालाई राष्ट्र बैंकले बिहीबार राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको हो ।
बैंकले हाल स्याङ्गजा , पाल्पा, पर्वत, नवलपरासी, कास्की, रुपन्देही, तनहुँ, मकवानपुर, गोरखा, धादिङ, डोटी, सुर्खेत, सल्यान, रोल्पा र बाग्लुङमा सेवा दिदै आएको छ । राष्ट्रिय स्तरको बनेसँगै क्रमशः ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिने बैंकका सीईओ मिन बहादुर बोहराले जानकारी दिनुभयो ।