Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

माया दर्जिको सफलताको कथा, शाखा कार्यालय फलेवाश

माया दर्जिको सफलताको कथा, शाखा कार्यालय फलेवाश

कालिका लघुुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फलेवाशवाट पर्वत जिल्ला फलेवाश नगरपालिका वडा न. ५ की सदस्य माया दर्जी ,बुुहारी सुुजता थापा र सविता वि.क.थापा खानिगाउँमा स्थायी बसोबास गर्दै आएका सदस्यहरु हुुन । उनीहरु एक शिक्षित परिवारका सदस्यहरु हुुन उनिहरुको परिवारमा जम्मा ६ सदस्यहरु रहेका छन । उनीहरु आफ्नो गाउँ भन्दा अलि पर बसी केही व्यवसाय गर्ने सोच बनाएका सदस्य थिए । गाउँमा त्यतिकै बस्दा आफ्नो ज्ञान, सिप, र क्षमता खेर जाने भएकाले केही गर्न पाए हुुन्थ्यो भन्ने सोच बनाई बसेको र उक्त सिप तथा आफ्नो क्षमता अनुुसारको काम गर्नका लागि पर्याप्त मात्रामा पैसा नभएको कारणले गर्दा के गर्ने ,कसो गर्ने भनि त्यत्तिकै अलमलमा परेको वताइन । कुुनै पनि वित्तीय संस्थावाट कर्जा लिई केही व्यवसाय गर्न पाए हुुन्थ्यो भनि सोच बनाउँदा लघुुवित्त वित्तीय संस्थावाट विना धितो सामुुहिक जमानीमा कर्जा प्रवाह हुुन्छ भन्ने ,थाहा पाएपछि लघुुवित्तमा आवद्द भई कर्जा लिई व्यवसाय संचालन गर्ने चाहाना भयो । उहाँहरुको त्यो चाहना पुुरा गर्नका लागि कालिका लघुुवित्त वित्तीय संस्था सहयोगीका रुपमा खडा भयो । केही व्यवसाय संचालन गरी मनग्य आम्दानी आर्जन गर्ने सोच बनाएकी माया दर्जी को चाहना कालिका लघुुवित्त वित्तीय संस्था लिमिटेडले पुुरा गरेको पाईयो । मिती २०७२।१२।१९ गते यस सँस्थामा आवद्द भई ७ दिनको तालिम लिई लघुुवित्तको कर्जा तथा बचतको बारेमा जानकारी लिई समुुहमा आवद्द हुुनुुभयो । त्यसपछि उहाँलेृ मासिक बचत तथा कर्जाको कारोबार सुुरु गर्नुु भयो । सुुरुमा भैसीपालन व्यवसाय सुुरु गर्नुु भयो भैँसीपालनवाट राम्रो आम्दानी प्राप्त भएपछि भैँसीसँगै बँगुुरपालन ,बाख्रापालन, तरकारी तथा फलफुुल खेती र माछापालन समेत गर्दै आएको पाईयो । यि व्यवसायवाट राम्रो आम्दानी प्राप्त भएपछि श्रीमान श्रीमती २ वटा छोरा,२ वटी बुुहारी र २ जना कामदार समेत सोही व्यवसायमा संलग्न रहेको पाईयो । पहिला श्रीमान इन्डियन आर्मीको जागिरमा संलग्न हुुनुुहुुन्थ्यो मासिक ५०० तलवले केही गर्न पुुग्ने अवस्था नै थिएन पारिवारिक पृष्ठ भुुमि अत्यन्तै दहनिय रहेको श्रीमानको जागिरवाट मात्र केही गर्न सक्ने आधार नै नभएको निजले श्रीमानसँग सरसल्लाह गरी सोही पेशा अवलम्बन गरेको पाईयो । हाल निजको श्रीमानको २ वटा पेन्सन रहेको कान्छो छोरा समेत इन्डियन लाउरे रहेकोे र निजको बुुहारीले फलेवाश न.पा ०५ मा तरकारी तथा मासुुपसल संचालन गरेको पाईयो । हाल संचालन गरेको पेशावाट बँगुुरपालनवाट वार्षिक लगभग तिन लाख, भैसीपालनवाट वार्षिक लगभग दुई लाख पचास हजार, तरकारी खेतीवाट वार्षिक लगभग तिन लाख र बाख्रापालनवाट लगभग एक लाख पचास हजार आम्दानी गरेको पाईयो ।हाल श्रीमान समेत जागिरवाट अवकास लिई सोही व्यवसायमा नै संलग्न रहेको पाईयो र वार्षिक लगभग दश लाख आम्दानी गरेको पाईयो । परिवारले हिम्मत नहारी स्वदेशमा नै केही गर्छुु भनि अगाडी बढ्ने सदस्यले लघुुवित्त वित्तीय संस्थावाट कर्जा लिएर पनि विदेशमा भन्दा राम्रो कमाई गरी मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाउनुुभयो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top