रीता बौद्यचार्यको सफलताको कथा,शाखा कार्यालय, वामीटक्सार
कालिका लघुुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय वामीटक्सार अन्र्तगत गुल्मी जिल्ला मुसीकोट नगरपालिका वाड नंं. ०७ मा बसोवास गर्दै आएकी रीता बौद्यचार्यको परिवारमा २ छोरा श्रीमान र स्वयम गरी ४ जना सदस्यहरु रहेका छन । श्रीमान शिक्षक पेसामा आबद्घ छोराहरु अध्ययनमा भएको हुदाँ उहाँलाई त्यतिकै बस्दा दिन काट्न असहज साथै आफ्नो ज्ञान, सिप, र क्षमता खेर जाने भएकाले केही गर्न पाए हुुन्थ्यो भन्ने सोच बनाई सिलाई मेसीन खरीद गरी सिलाई व्यवसाय सञ्चालन गर्नुभयो । मिति २०७५/१०/०१ यस संस्थामा आवद्ध भई ७ दिनको तालिम लिई लघुुवित्तको कर्जा तथा बचत बारेमा जानकारी लिई समुुहमा आवद्ध हुुनुुभयो । त्यसपछि उहाँलेृ मासिक बचतको कारोबार सुुरु गर्नुुभयो । यस कालिका लघुवित्त वित्तीय संस्थामा सिलाईबाट दैनिक रुपमा आम्दानी भएको पैसा बचत गर्न थाल्नु भयो ।बचत संकलन संगै अझै व्यवसाय बढाई उक्त सिप तथा आफ्नो क्षमता अनुुसारको काम बढाउनको लागि पर्याप्त मात्रामा निजसँग पैसा नभएको कारणले गर्दा के गर्ने,कसो गर्ने भनि त्यत्तिकै अलमलमा परेको वेला यस संस्थावाट विना धितो सामुुहिक जमानीमा कर्जा प्रवाह हुुन्छ भनी समुहमा आवद्ध हुदाँ थाहा भएको मिति २०७८/०५/०९ मा यस कालिका लघुवित्त लघुुवित्त संस्था लि.बाट कर्जा लिई व्यवसाय बढाउनुभयो । उहाँको व्यवसाय सञ्चालनमा कालिका लघुुवित्त वित्तीय संस्था सहयोगीका रुपमा खडा भयो । केही व्यवसाय संचालन गरी अत्याधिक आम्दानी आर्जन गर्ने सोच बनाएकी रीता बौद्यचार्यको चाहाना कालिका लघुुवित्त वित्तीय संस्था लि.ले पुुरा गरेको पाईयो । सिलाई पसल र कस्मेटिक पसल सञ्चालन गरी त्यस पसलवाट राम्रो आम्दानी प्राप्त भएपछि उहाँले दैनिकी बचत साथै व्यावसायको आम्दानी बाट नै जेठो छोरालाई फोटो स्टुडियो पनि सञ्चालन गर्न सफल हुनु भएको छ । व्यावसायिक कर्जा रु.३००,०००।– बाट सुरु गरिएको हाल व्यवसाय को सफलता संगै निज सदस्यले व्यावसायिक कर्जा रु ६००,०००/– चलाउदै आउनुभएको छ । कर्जाको किस्ता तिर्न व्यवसायबाट नै आम्दानी भएको र किस्ता तिर्न कुनै आपत्ति नरहेको पनि निज सदस्यले बताउनु भयो । थोरै बचतबाट सुरु गरेको व्यवसाय अहिले लाखौको कारोवार गर्न सक्ने यस वित्तीय संस्थाले बनायो साथै हिम्मत नहारी र कर्जाको सही सदुपयोग गरी अगाडी बढ्र्दा एक सफल व्यावसायी बन्न सकिन्छ भन्ने कुरा निज सदस्यको जीवनस्तर र सफलता हेरी बुझ्न सकिन्छ ।