Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

सफलताको कथा : सरस्वती कुमारी थारु (मैनापोखर शाखा बर्दिया)

सफलताको कथा : सरस्वती कुमारी थारु (मैनापोखर शाखा बर्दिया)

बर्दिया जिल्ला बढैयाताल गाउँपालिका वडा नं. ०७ बकोटिया भन्ने टोलमा वि.स. २०५२/०१/०९ गते बाबु दिलुवा थारु र आमा धनिया थारुको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मनु भएकी सरस्वती कुमारी थारुले सानै उमेर २०६८ सालमा करण थारु संग विवाह गनुभयो । अहिले सरस्वतीको घरमा श्रीमान, छोरा, सासु, ससुरा गरी जम्मा ४ जनाको परिवार रहेको छ । उनको श्रीमान वैदेसिक रोजगारको शिलशिलामा विदेश जानुभएको थियो । घरमा एक्लै बस्दा दिन बिताउन गाह्रो हुने र आफुले घरमा नै बसेर केही व्यवसाय सुरु गर्ने सोचमा रहेकी सरस्वतीले लघुवित्त वित्तीय संस्थाबाट विना धितो कर्जा प्रवाह हुन्छ भन्ने थाहा पाएपछि उहाँलाई लघुवित्तमा आवद्ध भई कर्जा लिई व्यवसाय गर्ने चाहाना भयो । वि.स. २०७७/०६/०७ गते देखि कालिका लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय मैनापोखर द्धारा गठन गरिएको पार्बती कालिका महिला विकास केन्द्र नामक समुहमा आवद्ध भई बचत गर्दै कर्जा लिई सरस्वती कुमारी थारु ले तरकारी खेती संगै भैसी तथा बाख्रा पालन गर्नुभएको छ । सरस्वतीको चाहाना पुरा गर्नका लागि कालिका लघुवित्त वित्तीय संस्था लि. ले ठुलो सहयोग गरेको बताउनु भयो । समुहमा बचत गर्ने रकम श्रीमान संग माग्नु नपर्ने र आफुलाई आवश्यक पर्ने कुनै पनि सामग्रीको व्यवस्थापन गर्न सजिलो हुने भएकाले तरकारी खेतीको सुरु गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ तरकारी उत्पादनबाट आएको रकम समुहमा बचत गर्छु र खसी, बाख्रा बेचेको पैसाले घर खर्च चलाउन प्रयोग गर्छु । यति मात्र होइन सरस्वती कुमारी थारुले भैसी पालन पनि गर्दै आउनु भएको छ । आफु बस्दै आएकोे पार्बती कालिका महिला विकास केन्द्र नामक समुह बाट पहिलो कर्जा रु ६० हजार ऋण निकाली तरकारी खेती सुरु गनुभएको थियो । उक्त कर्जा तिरिसकेपछि तरकारी खेती संगै भैसी पालन गर्ने उद्देश्यले समुहबाट रु ३ लाख ऋण र आफु संग भएको केही रकम लगानी गरी भैसी पालन संगै बाख्रा पालन व्यवसाय सुरु गर्नुभयो । भैसी पालन गरी दैनिक ७ देखी १२ लिटर दुध विक्री गर्दै आउनु भएको बताउनु भयो । भैसी पालन तथा बाख्रा पालनबाट मासिक रु ३५ हजार देखी रु ५० हजार सम्म आम्दानी हुने बताउदै हाल श्रीमान विदेशमा भनेजस्तो तलव नपाएकोले स्वदेश फर्कि घरमा नै बस्दै आउनुभएको र अव नेपालमा नै श्रीमान श्रीमती संगै बसी भैसी पालन लाई अझै फराकिलो बनाई व्यवसायिक रुपमा लैजाने योजना रहेको बताउनु भयो । अरुको आशामा बस्नु भन्दा आफै सक्षम हुनुपर्ने रहेछ भन्दै समुहमा जम्मा गरेर राखेको रकम भविष्यमा बुढेसकालमा साहारा बन्नेछ भन्नुभयो । व्यवसाय गर्न आट गर्नेहरुका लागि यो कालिका लघुवित्त वित्तीय संस्था एकदमै राम्रो रहेको बताउदै समुहमा बस्ने सबै दिदिबहिनीहरुलाई कर्जाको सही सदुपयोग गरी आत्मनिर्भर बन्न सन्देश दिनुभयो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top