देवी कार्कीको, सफलताको कथा,सर्दी शाखा,नवलपुर
कर्जाको सहीे सदुपयोग भयो भने ऋण लिएर धेरै प्रगति गर्न सकिन्छ भन्ने कुराको उदाहणीय व्यक्ति बन्नभुएको छ देवी कार्की । बिनयीत्रिबेणी गा.पा वार्ड नं–३ चिसापानी गाउँमा वुवा टिकाराम पाण्डे र आमा लोकीमाया पाण्डेको कोखबाट मिति २०४२ भदौ ७ गतेका दिन माईली छोरीको रुपमा जन्म भएको थियो । वुवाको राम्रो आर्थिक स्थिति नभएको र ठुलो परिवारमा जन्म भएको कारणले कक्षा–८ सम्म मात्र अध्ययन गर्नुभयो । बिनयीत्रिबेणी–४ धारापानी निवासी रत्न बहादुर कार्की सँग सामाजिक परम्परा अनुसार बिवाह भएको थियो ।२०७५।१२।१५ गते ७ दिनको तालिम पश्चात कालिका लघुवित्त वित्तीय संस्थाको समुहमा आवद्ध भएपछि आफुसँग भएको रकम बचत गर्ने र कर्जा लिएर व्यवसाय गर्ने उद्देश्यले केन्द्र नं ००८ सदस्यता नम्बर ०२.४ मा सदस्यको रुपमा आबद्ध हुनुभयो । उहाँको श्रीमान समुहमा आवद्ध हुनु भन्दा पहिले बैदेशिक रोजगारमा हुनुहुन्थ्यो । दुबै जनाको सल्लाह अनुसार केही व्यवसाय गर्नुपर्याे भन्ने उद्देश्यले शुरुमा यस संस्थाको समुहबाट एक लाख कर्जा लिएर कुखुरापालन व्यवसायमा लगानी गर्नुभयो । पहिलेको तुलनामा व्यवसाय ठुलो हुदै गयो । श्रीमान वैदेशीक रोजगारबाट फर्कनुभयो र उक्त व्यवसायमा श्रीमान् श्रीमती निरन्तर रुपमा लाग्नुभयो । व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउने,छोराछोरी पठाउने साथै ऋणको किस्ता पनि सोही आम्दानीले नियमित बुझाउन सहज भयो ।त्यस्तै गरी करिब डेढ बर्षको अन्तरालमा पुन समुहबाट दुई लाख साधारण कर्जा लिएर अर्काे जर्सी गाईपालन व्यवसाय शुरुवात गर्नुभयो । यसबाट दुध बेचेर मासिक २५÷३० हजार सम्म आम्दानी हुन थाल्यो । यसरी व्यवसायले निरन्तर रुपमा सफलता प्राप्त गर्दै गयो । उहाँले यस संस्थाबाट पटक–पटक आवश्यकता अनुसार कर्जा लिएर व्यवसायमा लगानी गर्दै आउनुभएको छ । पुन एक बर्षपछी पाँच लाख कर्जा लिएर तरकारी खेती गर्ने योजना बनाउनुभयो । गाईको गोबर मल र कुखुराको मल खेतबारीमा प्रशस्त पुग्ने भएकोले उहाँले यो योजना बनाउनुभएको थियो । घरमा श्रीमतीले तरकारी खेती गर्नुभयो भने मध्यस्त कर्ताको हात नहोस भनेर उहाँको श्रीमानले बिनयीत्रिबेणी–४ होङ्सीगेटमा एउटा सटर भाडामा लिएर फलफुल तथा तरकारीको व्यापार शुरुवात गर्नुभयो । यसपछी उहाँहरुको ब्यक्तिगत सापटी ,घर खर्च ,मासिक किस्ता ,औषधी उपचार बच्चा पढाउन सहज भयो साथै यसै कालिका लघुवित्त वित्तीय संस्थामा दैनिकी बचत पनि शुरुवात गर्नुभयो र बिस्तारै बचत पनि बृद्धि हुदै गयो । त्यस्तै गरी मिति २०८०।०४।२२ मा कालिका लघुवित्त वित्तीय संस्था लि. बाट रु सात लाख व्यवसायिक कर्जा लिई किराना सामग्री, मासु पसल, फलफुल, तरकारी व्यवसाय गरी दैनिक ४० देखि ५० हजार सम्मको आम्दानी हुन थालेकोछ । देवी कार्की अहिले कालिकाको इमान्दार ऋणी मात्र नभएर सफल व्यवसायी पनि बन्नु भएको छ । उहाँको सबै व्यवसाय राम्रो चलेको छ ।उहाँको श्रीमान् उहाँको समझदार र इमान्दार सहयात्री हुनुहुन्छ । व्यवसाय सफल हुनु र व्यवसायी सफल हुनुमा अथक प्रयास मेहनत अनि दत्तचित्तमा भएर लाग्नुपर्दछ । उहाँको परिवारको लघुवित्त प्रतिको र कर्जाको सही सदुपयोग गर्नुपर्ने कुरामा सकारात्मक धारणा ब्यक्त गर्नुहुन्छ । हाल उहाँ कालिका लघुवित्त वित्तीय संस्था लि. मा मात्र आबद्ध हुनुहुन्छ । कर्जाको सही सदुपयोग गर्नुपर्छ र किस्ता नियमित बुझाउनुपर्छ भन्ने उहाँको सुझाव पनि छ । उहाँ भन्नुहुन्छ लघुवित्तले गर्दा नै म आज यो सफलताको हकदार भएकी छु अनि खुसी पनि छु ।