आईत सुवा बि.क.को सफलताको कथा, शाखा कार्यालय लाहाचोक,कास्की
मेहनत गर्ने व्यक्ति कहिल्यै असफल हुदैन भन्ने गतिलो उदारण बनेकी हुन कालिका लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय लाहाचोकमा सन्चालित केन्द्र नं ५३.००९ की सदस्य आईत सुवा बि.क । उनी पहिला पहिला आफुलाई सामान्य गृहणीको रुपमा चिनाउन पनि लाज मान्ने गर्थिन । उनको श्रीमान माछापुच्छ्रे गाँउपालिका वडा नं ५ मा रहेको विद्यालयमा शिक्षण पेशामा संलग्न हनुहुन्छ । हुनत उनका श्रीमान सरकारी जागीरे हुन तैपनि आईत सुवालाई दैनिक घरखर्च, छोराछोरीको पढाई खर्च लगाएत अन्य खर्च गर्नको लागी धौधौ पर्ने गथ्र्यो किनकि श्रीमानको तलब त्रैमासिक रुपमा आउने गथ्र्यो । उनी आफ्नो दैनिकी कसरी चलाउने भन्ने कुराले सर्धै पिरलथ्यो । यसै क्रममा मिति २०७५ सालको कार्तिक महिनामा गाउँमा कालिका लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले आफ्नो संस्थाको बारेमा तालिम संचालन गरेको कुरा आफ्नो छिमेकी मार्फत थाहा पाइन र भोली आफु पनि छिमेकी सँगै उक्त स्थानमा जाने निधो गरिन । भोलीपल्ट उक्त स्थानमा गई संस्थाको बारेमा बुझ्दा आफु पनि संस्थाको सदस्य बन्ने इच्छा संस्थाको कर्मचारीलाई सुनाइन र सात दिनको तालिम पश्चात संस्थाको सदस्यमा आबद्ध भइन । सदस्य बनेको दुई तिन महिना सम्म नियमित बचत गर्नुभएको निजले थोरै कर्जा झिकेर एउटा गाई किन्ने निधो गरिन र परिवारको सल्लाहमा कर्जा झिकेर गाई पालन व्यवसाय गरिन । आइत सुवा विस्तारै गाईपालन व्यवसायमा रम्न थाल्नुभयो । पहिलो पल्ट झिकेको कर्जा समयमानै भुक्तान गरी पुन दोस्रो पटक कर्जा झिकेर गाई थप्ने विचार आफ्नो श्रीमानलाइ सुनाइन । श्रीमानले पनि श्रीमतीको कुरामा नाई भन्ने कुरै भएन किनकी एकातिर घरमा गाई थपिरहेको थियो अर्कोतिर आम्दानीको श्रोत बढ्दै थिए । पुन कर्जा झिकेर आइत सुवाले यसपटक गाई खरिदको साथै पुरानो भएको गाईगोठ मर्मत गरिन । अहिले उक्त गाईपालन व्यवसायबाट उहाँले संस्थाको मासिक किस्ता, दैनिक घरखर्च, छोराछोरीको पढाई खर्च समेत आफैले धानेर केही रकम बचत गरेको र श्रीमानको कमाई सबै बचत गर्ने गरेको सुनाइन । मनमा आट र विश्वास साथै केही गर्छु भन्ने साहस भएका सदस्यहरुलाई वित्तीय संस्थाले सहयोग नगर्नै त कुरै भएन ग्रामीण भेगमा वित्तीय चेतना र आर्थिक समाबेशिता बिकास गर्दै स्थानीय स्तरमा वित्तीय श्रोत उपलब्ध गराई उद्यमशीलता विकासका साथै बिस्तार गर्ने मुलमन्त्र लिएर जनस्तरमा सेवा सन्जाल बिस्तार गरेको सस्थांले आईत सुवा बि.क जस्तै जोस जाँगरका साथै सकरात्मक सोच भएका अन्य सदस्यहरु समेत खोजी गरिरहेको छ । सहयोगी संस्था र मनमिल्ने घरपरिवार आईत सुवाको सफलता तथा प्रगतीको सारथी हुन । शुरुमा सानो रकमको बचत तथा कर्जा कारोबारबाट मात्र शुरु गरेको संस्थासँगको सहयात्रा अहिले उनको लागी ठुलो उपलब्धी भएको छ । संस्थाको सानो रकमबाट शुरु गरेको कर्जा तथा बचतको कारोबार आज ठुलो हुन पुगेको छ । उनले आफ्नो छोराछोरीलाई राम्रो सँग शिक्षादिक्षा दिनुको साथै परिवारमा खुशी ल्याउन सकेकी छिन । संस्थाले गत महिना प्रदान गरेको पशुपालन तालिम लिएको तथा श्रीमानले पनि बिहान बेलुका फुर्सदमा गाईपालन व्यवसायमा सघाउने गरेकोले निजले उक्त व्यवसायलाई अझै विस्तार गर्ने सोच रहेको सुनाइन । पहिला समुह बस्दा बचत तथा कर्जाको किस्ता लगायत कुराहरु बाट डराउने आइत सुवा अहिले गाउँकै उत्कृष्ट वचतकर्जा तथा कर्जा कारोबार गर्ने सदस्य भएकी छिन् । सकरात्कम सोच तथा अनुशासित रुपमा आर्थिक कारोबार गरेमा एकदिन पक्कै सफलता प्राप्त गर्न सकिने कुरा आइत सुवा वि.क.बाट सिक्न सकिन्छ ।