Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

सफलताको कथाः भागरथी जोशी –बुडर शाखा डोटी

सफलताको कथाः भागरथी जोशी –बुडर शाखा डोटी

डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका वडा नं. ०२ रुवाखोला भन्ने टोलमा वि.स. २०४०/०७/१६ गते बाबु प्रेम राज भट्ट र आमा नारु भट्टको कोखबाट पहिलो सन्तानको रुपमा जन्मनु भएकी भागरथी जोशीले २०५९ सालमा खेमराज जोशीसंग विवाह गर्नुभयो । अहिले भागरथीको घरमा श्रीमान, छोरा, सासु, ससुरा ,देवर ,देवरानी गरी जम्मा ८ जनाको परिवार रहेको छ । उनको श्रीमान पनि स्वदेसमा नै व्यवसाय गर्नु भएको छ । भागरथीले कालिका लघुवित्त वित्तीय संस्थाबाट विनाधितो कर्जा प्रवाह हुन्छ भन्ने थाहा पाए पछि उहाँलाई लघुवित्तमा आवद्ध भइ कर्जा लिई व्यवसाय गर्ने चाहाना भयो । वि.स. २०७५/०४/१० गते देखि कालिका लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय बुडर द्धारा गठन गरिएको छहरा कालिका महिला विकास केन्द्र नामक समुहमा सात दिनको तालिम पश्चात आवद्ध भई वचत र कर्जा लिई भागरथी जोशीले होटल व्यवसाय गर्नुभएको छ । भागरथी जोशीको चाहाना पुरा गर्नका लागि कालिका लघुवित्त वित्तीय संस्था लि. ले ठुलो सहयोग गरेको बताउनु भयो । समुहमा वचत गर्ने रकम आफुलाई आवश्यक पर्ने कुनै पनि सामग्रीको व्यवस्थापन गर्न सजिलो हुने भएकाले होटलको सुरु गरेको बताउनु भयो । उहाँ भन्न ुहुन्छ होटल व्यवसायबाट आएको रकम समुहमा किस्ता तिर्छु, वचत गर्छु र घर खर्च चलाउन प्रयोग गर्छु । आफु बस्दै आएकोे छहरा कालिका महिला विकास केन्द्र नामक समुहबाट पहिलो कर्जा रु १ लाख ऋण निकाली होटल व्यवसायमा लगानी गर्नुभएको थियो । उक्त कर्जा तिरी सकेपछि पुन रु १ लाख ५० हजार र क्रमस ५ लाख ,३ लाख गरी पटक पटक लिएको कर्जा र आफु संग भएको केही रकम लगानी गरी आफ्नो व्यवसाय अगाडी बढाउनु भयो । हाल दैनिक रुपमा व्यापार राम्रो चलिरहेको बताउनु हुन्छ । होटल व्यवसायबाट मासिक रु ३५ हजार देखी रु ५० हजार सम्म आम्दानी हुने र २ ,३ जना लाई रोजगारी दिलाएको बताउदै हाल श्रीमान देवर तथा घरका सदस्यहरुको साथ सहयोग र परिवारको संलग्नतामा अझै फराकिले बनाई व्यवसायिक रुपमा लैजाने योजना रहेको बताउनु भयो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top