Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

हेमा कुमारी थापाको सफलताको कथा,वाडखोला शाखा,स्याङ्जा

हेमा कुमारी थापाको सफलताको कथा,वाडखोला शाखा,स्याङ्जा

स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वडा नंं १०,बरजामा बस्दै आउनुभएको हेमा कुमारी थापा परिश्रमी गर्ने व्यक्ति कहिल्यै असफल हुन सक्दैन भन्ने गतिलो उदाहरणीय बनेकी छन । कालिका लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय बाडखोलामा संचालित केन्द्र नंं २७.०२९ की सदस्य हुनुहुन्छ । उहाँ पहिले सामान्य गृहिणी हुनुहुन्थ्यो र श्रीमानको पनि केही जागिर पेशा नभएको हुँदा आफ्नो दैनिकी कसरी चलाउने भन्ने कुराले सधै पिर लाग्थ्यो । सानो लगानीको खोजिमा आफ्नो दिनचर्यालाई व्यस्त गराउन के गर्ने होला भन्दै चिन्तितमा हुनुहुदोरहेछ । त्यसै क्रममा कालिका लघुवित्त वित्तीय संस्थाले बिना धिता स– सानो कर्जा लगानी गर्छ भन्ने थाहा पाए पछि समुह बनाई सात दिनको तालिममा पश्चात लघुवित्त भनेको के हो र यसले के काम गर्छ र कर्जा तथा वचतको फाइदा सम्बन्धीे कुराको जानकारी लिनुभयो र संस्थामा आबद्ध हुनुभयो । त्यसपछि संस्थाबाट लगानी लिई सानो बंगुरपालन व्यवसाय सुरु गर्नुभयो । विस्तारै आयआर्जनमा पनि वृद्धि हुदै गएपछि लगानी पनि वृद्धि गरी किराना पसल,कुखुरापालन सुन्तला खेति पनि गर्नुभयो र बंगुरपालन व्यवसायलाई बिस्तार गर्दै लानुभयो । उहाँको यस कार्यमा श्रीमानले पनि साथ सहयोग गर्नुभयो । उहाँको यस व्यवसायबाट छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिनुको साथै छोराछोरीलाई जागिरमा समेत आवद्ध गराउन सफल हुनु भएको छ । उहाँ अहिले आफुले गरेको व्यवसायप्रति एकदम सन्तुष्टि हुनुहुन्छ । र दैनिक जिवनयापन पनि सजिलै बिताईरहनुभएको छ ।

Notice
Career
Check Mail
Staff Login
Back To Top