खेम कुमारी रिजालको सफलताको कथा शाखा कार्यालय ध्यालचोक, गोरखा
कालिका लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय ध्यालचोकमा सन्चालित केन्द्र नं १८.०४८.०१.५ धादिङ जिल्ला वेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ जनगाउँकी ४४ वर्षकी सदस्य श्री खेम कुमारी रिजालको किराना पसल,व्यावसायिक तरकारी खेती र बाख्रा पालनले कस्को मन नै नलोभ्याउला । “दुख गरे सुख आफै मिल्छ”भन्ने उदाहरण उनीबाट लिन सकिन्छ । उनको विगतलाई हेर्दा उनलाई केही समय पहिला दैनिकी कसरी चलाउने भन्ने कुराले सर्धै पिरलथ्यो । दैनिक घर खर्च, छोराछोरीको पढाई खर्च लगाएत अन्य खर्च गर्नको लागी धौधौ पर्ने गथ्यो । श्रीमानले खेती किसान गरेर उनी आफ्नो ज्यालादारी मजदुरको रूपमा थप आम्दानी गर्दथीन । यसै क्रममा गरिबी न्युनिकरण गर्नको लागी बिपन्न वर्गको घर परिवारको ढोका ढोकामा पुगेर बेरोजगार,अल्छी,अरुको परिश्रममा जिउन चाहने व्यक्तिहरुको पहिचान गरी उक्त परिवारका सामान्यतया महिला वर्गलाई यस संस्थामा आबद्घ गराई उक्त समाजको आर्थिक, सामाजिक अवस्थामा सुधार गर्नका लागि सक्रिय समाजको निमार्ण गर्दै गरिबी न्युनीकरणको राष्ट्रिय अभियानमा सहभागी हुने परिकल्पनाका साथ वि.स. २०६७ साल भाद्र ४ गते स्थापना भएको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट“घ”वर्गको ईजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्थाको शाखा कार्यालय ध्यालचोक गोरखामा स्थापना भई मनमा आट र विश्वास साथै केही गर्छु भन्ने साहस भएका सदस्यहरुलाई खोजी गर्ने क्रममा मिति २०७४/०३/२० मा धादिङ जिल्ला वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ जनगाउँमा यस संस्थाका कर्मचारी मार्फत गाउँमा संस्थाका कर्मचारी मार्फत नीति नियममा रही वचत तथा कर्जा र सेवा सुविधा बारे सम्पुर्ण गाउँ बासीलाई निरन्तर ७ दिनको तालिम दिई संस्थामा मिति २०७४/०३/२८ आबद्घ भई शुरुमा कर्जा लिन डराउने उनी बिस्तारै १ लाख देखी शुरु गरेकी खेम कुमारी अहिले ३ लाख गरी ६ पटक कर्जा लिन सफल भएकी छिन । ग्रामीण भेगमा वित्तीय चेतना र आर्थिक समाबेशिता विकास गर्दै स्थानीय स्तरमा वित्तीय श्रोत उपलब्ध गराई उद्यमशीलता विकासका साथै बिस्तार गर्ने मुलमन्त्र लिएर जनस्तरमा सेवा सन्जाल बिस्तार गरेको सस्थांले खेम कुमारी रिजाल जस्तै जोस जाँगरका साथै सकरात्मक सोच भएका अन्य सदस्यहरु समेत खोजी गरिरहेको छ । सहयोगी संस्था र मनमिल्ने घरपरिवार खेम कुमारीको सफलता तथा प्रगतिको सारथी हुन । उनले अहिले व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएकी छिन् । आफ्नो फर्ममा सिजन अनुसार तरकारी काउली ,बन्दा,करेला सिमि, बोडी, धनिया ,टमटर रोपेर फलेको साथै उन्नत जातका बाख्रा पालन देख्न सकिन्छ ।
“समस्या आउछ त समधान पनि सङ्गै आउछ” साथै विभिन्न खालका हल्ला अबरोधहरु व्यवसायको सफलतामा निरन्तर डर र अनिश्चितता हुँदा पनि दम्पत्तिले चुनौती स्वीकार गरे र झुकेनन । व्यवसायमा लागेपछि अहिले बिहान देखि बेलुकीसम्म आफ्नो फर्म व्यस्त रिजाल सँग काम गर्ने केही सहयोगी समेत छन । अनावश्यक अरु कुरा गरेर बस्नु भन्दा काममा व्यस्त हुँदा समय गएको पनि थाहा नहुने अर्कोतिर आर्थिक लाभ हुने उनको भनाइ छ ।
काम गर्दै जाँदा सबै कुराको जानकारी प्राप्त हुँदै गएको उनले बताइन । मल ,बीउ , औषधी ,उत्पादन भएको बजार पठाउने ,आर्थिक कारोबार जान्न सहज भएको छ,उनले भनिन । उनका श्रीमान पनि अहिलेको समयमा युवाहरू वैदेशिक रोजगारमा विदेशीने क्रम जारी रहेको बेलामा नेपालमा केही व्यवसाय गर्नुपर्छ भन्ने उदेश्यको साथ कृषि व्यवसायमा लागेको उनको भनाइ छ ।
कालिका लघुवित्त वित्तीय संस्थाले शुरुमा सानो रकमको वचत तथा कर्जा कारोबारबाट मात्र शुरु गरेको संस्थासँगको सहयात्रा अहिले उनको लागी ठुलो उपलब्धी भएको छ । संस्थाको सानो रकमबाट शुरु गरेको कर्जा तथा बचतको कारोबार आज ठुलो हुन पुगेको छ । उनले आफ्नो छोराछोरीलाई राम्रो सँग शिक्षादिक्षा दिनुको साथै छोरीलाई विदेश र घरमा किराना पसल समेत राखेकी रिजालले परिवारमा खुशी ल्याउन सकेकी छिन ।
स्थानीय तह र कृषि ज्ञान केन्द्र धादिङले पनि सहयोग दिन थालेको र राज्यले सम्पूर्ण कृषकलाई साथ सहयोग दिएमा आगामी दिनमा कृषिमा देशको भविष्य राम्रो हुने उनले बताइन ।
हामी महिलाहरु पनि अब नेपालमा हरेक आ–आफ्नो क्षेत्रमा केही गर्नुपर्छ अनि मात्र साथमा–साथ हाम्रो जीवनस्तर राम्रो हुन्छ । सामाजिक रुपमा पनि हाम्रो स्तर राम्रो हुदाँ समाजले हेर्ने दृष्टिकोण पनि आफै परिवर्तन हुन्छ,उनले भनिन । महिलाहरुले उत्पादनमूलक काम गर्न सक्छौ,हामीले उदाहरणीय बनेर देखाउन सक्नुपर्छ,जसको लागी आजबाट सुरुवात गर्न उनले सुझाव दिएकी छिन ।