रेणुका सार्कीको सफलताको कथा,शाखा कार्यालय पामे कास्की

कास्की जिल्ला पोखरा मा.न. पा. वडा नं. २४ लौरुक स्थायी निवासी श्री रेणुका सार्की घरको आर्थिक अवस्था नाजुक रहेको र श्रीमान बिरामी भई मृत्यु भएपछि एकल रहेकी रेणुका कसैको साहारामा नबाच्ने आफै दुख मेहनत परिश्रम गरी आफ्नो जिवन धान्नको लागी उनलाई सधै चिन्ता पर्दथ्यो । परिवारमा श्रीमान नभएपछि अन्यको माया भनेको देखावटी मात्र रहुन्थ्यो । उनको एउटा छोरी छन । श्रीमानको मृत्यु भएपछि छोरीलाई कहिल्यै पनि आफ्नो बाबाको आवश्यकता महसुस गर्न नदिन उनलाई चिन्ता पर्दथ्यो ।छोरीलाई पढाई लेखाई गरी आफ्नो बुढेसकालको साहारा छोरी हुन । यिनलाई राम्रो शिक्षा दिक्षा दिन सके यही एउटा कुराले यिनको मनमा सधै पिरल्थ्यो । बस्नको लागी एउटा बास तथा छोरीको शिक्षा नै उनको पहिलो प्राथमिकता थियो । बैंक बाट कर्जा निकालु भने धितो आवश्यक पर्ने आफुसंग कुनै धितो राख्ने जस्तो धितो नभएकोले उनलाई यो सम्भव थिएन । यसै चिन्तामा रहेकी रेणुका सार्कीले कालिका लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय पामे स्थापना भएको थाहा भयो । यस संस्थाले बिना धितो कर्जा लगानी गर्छ भन्ने थाहा पाएपछि रेणुकालाई संस्थामा आवद्ध हुने मन लाग्यो । यसै बिचमा यस शाखा कार्यालयका कर्मचारीहरु त्यस गाउँमा गएर समुह जम्मा गर्नुभयो । त्यही समुहमा रेणुका सार्कीको पनि उपस्थित रह्यो ।कर्मचारीहरुले संस्थाको बारेमा जानकारी दिई ७ दिनको तालिम दिनुभयो । संस्थाको नीति नियम बुझेपछि पनि उनको मनमा थोरै डर पैदा भयो सामुहिक लगानी यदि समयमा किस्ता बुझाउन सकिन भने साथीहरुले के भन्ने हुन समुहमा आफु नराम्रो हुन्छु कि भन्ने डर लाग्थ्यो तर उनको मनमा केही गर्छु समाजमा आफुले केही गरेर देखाउने सोचमा रहेकी रेणुका मिति २०७४।०४।२५ मा संस्थामा आबद्ध भई बचत तथा कर्जा कारोवार सुरु गर्नुभयो । सुरुमा नब्बे हजार कर्जा लिई उहाँले सानो पसल खोल्नुभयो । पसलबाट कमाएको पैसाले किस्ता तिर्न सहज भयो ।उहाँले सो किस्ता भुक्तानी गरी पुन कर्जा लिई भैसी तथा किराना पसलमा लगानी गर्नुभयो ।एकल महिला भएकोले र परिवारबाट साथ नभएकोले उहाँलाई दुई तिर व्यवस्था गर्न गाह्रो भयो र उहाँले भैसी पालनमा कामदार राखी आफुले किराना पसल सञ्चालन गर्नुभयो । किराना पसल तथा भंैसी बाट राम्रो आम्दानी हुन्थ्यो । छोरी १२ पास गरी उनलाई डाक्टर पढ्ने रहर भयो । एक्ली छोरीको रहर पुरा गर्नुपर्ने नै थियो । रेणुकालाई एउटी सन्तान उसको पनि इच्छा पुरा गर्न सकिन भने छोरीले के भन्ने हो भन्ने लाग्यो । उनले लिएको कर्जा भुक्तनी गरी कर्जा रकम बढाएर छोरीको पढाई तथा पसलमा सामान र भैसी थप गरी व्यवसाय बढाउनु भयो । अहिले उहाँको छोरीले भरतपुर मेडिकल कलेजमा डाक्टर पढ्दै छन छोरी को मासिक १५००० र घर खर्च ५००० कामदारको तलब १५००० किस्ता रकम ३५००० उहाँले सजिलै संग पु¥याउनु भएको छ ।
स्वावलम्वन विकास केन्द्र बाट मिति २०८० फागुन ५ र ६ गते काठमाण्डौंमा भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सम्पुर्ण लघुवित्तका सदस्यहरु मध्येबाट उत्कृष्ट लघुउधमीमा छर्नौट भई सम्मानित भई सम्मान पत्र तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।