मदनपोखरा शाखा, सफलताको कथा, सन्तोषी थापा

कालिका लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय मदनपोखराद्वारा संचालित सदस्यता नं.११.०६४.०२.३ को सदस्य श्री सन्तोषी थापा एक सफल व्यवसायी हुनुहुन्छ । पाल्पा जिल्ला माथागढी गाउँपालिका ३ सराई बस्नुहुन्छ । घरको आर्थिक अवस्था निकै कमजोर भएको कारणले गर्दा विबाह पश्चात उहाँको श्रीमान वैदेशिक रोजगारमा जानुभयो । उहाँ चाही घरमा खेतीपाती गरेर बस्नुभयो । दिनहरु वित्दै जाँदा उहाँले कालिका लघुवित्तको बारेमा कर्मचारीबाट थाहा पाउनुभयो र सबै सेवा सुविधाहरुको बारेमा बुझ्दा निकै राम्रो मानेर गाउँमा दिदी बहिनी जम्मा बनाई ७ दिनको तालिम लिई २०७४।०५।२९ मा यस संस्थामा आबद्व हुनुभयो।
कालिका लघुवित्त वित्तीय संस्थामा आबद्व भई उहाँले ५० हजार कर्जा लिई कुखुरापालन व्यवसाय सुरु गर्नु भएको थियो । कुखुरापालन व्यवसायबाट निकै राम्रो मुनाफा कमाउनु भयो र बिस्तारै व्यवसाय बढाउदै लानुभयो । वैदेशिक रोजगारमा खासै राम्रो कमाई नभएको हुँदा श्रीमान विदेशबाट फर्किएर दुवै जना मिलि व्यवसाय गर्ने सोच बनाउनु भयो । उहांले बिस्तारै कर्जाको साईज बढाएर अन्य व्यवसाय सुरु गर्नुभयो र उहाँ भन्नुहुन्छ हातमा सिप जाँगर त थियो तर पैसाको अभावले गर्दा केही व्यवसाय गर्न सकेको थिइन कालिका लघुवित्तबाट कर्जा पाएकै कारणले गर्दा आँफु आत्म निर्भर बन्न सकेको कुरा बताउनु भयो । आफुले गाउँमा व्यवसाय गरेर छोरा छोरी पढाउन र घर खर्च राम्रोसँग पुगेको र किस्ता तिर्न पनि सहज भएको कुरा बताउनु भयो ।
हाल उहाँले कालिका लघुवित्तबाट ७ लाख कर्जा लिई कुखुरापालन व्यवसाय गर्नुभएको छ र उहाँको फर्ममा ३१०० कुखुरा र २७ वटा बगुर रहेको छ । उहाँ भन्नुहुन्छ हामी जस्तो महिला दिदीबहिनीको लागी कालिका लघुवित्तले सिपमुलक तालिमहरु प्रदान गरेमा धेरै राम्रो हुने थियो । कालिका लघुवित्त प्रति उहाँ मात्र नभई त्यस समुहका अन्य सदस्य पनि धेरै सकारात्मक हुनुहुन्छ । हामी जस्तो व्यवसायीको लागी बिना धितो कर्जाको सिमा रकम अझै बृद्धि भएमा राम्रो हुने थियो र पछिका दिनहरुमा पनि यस संस्थाबाट मात्रै कर्जाको कारोबार गर्ने थियौं भन्दै कालिका लघुवित्तको कर्मचारी अनुशासन र सेवा सुविधाप्रति सन्तुष्टि रहेको बताउनुभयो। कर्जाको सही सदुपयोगबाट नै सफल व्यवसायी भएकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले अहिले मासिक ५५ देखि ६० हजार मुनाफा आर्जन गर्दै आइरहनुभएको छ ।